प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५
दैलेख, मंसिर १२ । दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
दैलेखको ठाँटिचार गाउँपालिका–३ वाहाकोटमा भे१च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजबहादुर शाही, निर्मल बम र जिप चालक रमेश शाही छन् । अर्का एक मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते अन्य चार जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij