मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको उपचारमा आर्थिक समस्या

  • प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५



  • कैलाली, मंसिर १३ । डडेल्धुराको रडुवाखोलामा भएको यात्रीबस दुर्घटनामा घाइते भएकाहरूको उपचारमा आर्थिक समस्या देखिएको छ ।news

    धनगढीमा उपचार गराइरहेका घाइतेका आफन्तले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताएका छन् ।

    सुरुका दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित नेताहरूले उपचारमा सहयोग गर्ने आश्वासन दिएपनि अहिलेसम्म आफ्नै पैसाले उपचार गराइरहेको उनीहरुको गुनासो छ ।

    यही मंसिर ६ गते डडेल्धुरा, रडुवाखोलामा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए ।

    घाइतेहरुलाई जापानमा अध्ययनरत् विद्यार्थीहरुले २० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

    प्रदेश सरकार, विभिन्न दलका नेता, सांसदहरुले घाइतेरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेपनि अहिलेसम्म सहयोग दिएका छैनन् ।

    घाइतेहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij