आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५



  • काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । à¤¨à¥‡à¤ªà¤¾à¤² आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

    हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो ।  हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको नेपाल आइडल सिजन- टूमा विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी हजारौँबाट छानिएका उत्कृष्ट ६ जना प्रतिस्प्रर्धी बाँकी छन् ।

    शुक्रबारको एलिमिनेसनपछि टप फाइभ रहनेछन् । प्रतियोगीको प्रस्तुति, कार्यक्रमको उत्पादन, व्यवस्थापन तथा दर्शकको भावना अनुसारका गीत संगीतको छनौटले नेपाल आइडलको लोकप्रियता बढेको कार्यक्रमका निर्देशक सुरेश पौडेलको ठम्याइ छ ।

    ‘गत वर्षको अनुभवले हामीलाई आइडल थप राम्रो बनाउन हौसला मिलेको छ, आगामी दिनमा आइडललाई अझै दर्शकको मन जित्ने अविस्मरणीय श्रृङखला बनाउन हामी लागि रहने छौँ”, पौडेलले भने ।

    नेपाल आइडलले अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनाइ छ ।

    ‘विश्वभरमा ६० वटा भन्दा धेरै देशले प्रशारण गर्ने आइडलमा नेपाल दर्शकको माया र साथ पाउँदै दोस्रो स्थानमा रहन सफल भएको छ, हामी दर्शकको माया र साथलाई सँगसँगै अगाडि बढाउँदै आइडलको इतिहासमा नेपाललाई अग्रस्थानमा पुर्‍याउने छौं’, निर्देशक पौडेलले भने, ‘हरेक एपिसोडमा नयाँपनको आभास दिने गरी नेपाल आइडल निर्माण हुन्छ । आगामी एपिसोड अझै चोटिला बन्ने छन्, म सबैलाई विश्वस्त पार्न चाहन्छु ।’

    नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ । यू-ट्युब भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शोमा परिरहेको छ ।

    आइडलको लोकप्रियता र स्थान जान्नका लागि विश्वभर इन्टरनेटमार्फत् प्रशारण हुने कार्यक्रमबारे जानकारी दिने ट्रेन्स् डट गुगल डट कममा गएर आइडल सर्च गरी वर्ल्डवाइड अप्सनमा जान सकिन्छ, त्यसपछि वेब र युट्युब छनौट गरेर हेर्न सकिन्छ ।

    अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण र प्रशारण भइरहेको आइडल बेलायती टेलिभिजन कार्यक्रम उत्पादक सिमन फुलरले २००१ अक्टोबर ६ तारिख सुरु गरेका थिए । अहिले विश्वका ६० देशमा आइडल चलिरहेको छ । प्रतिस्पर्धीको मिहिनेत, निर्माण पक्षको नवीन प्रस्तुतिको सक्षमता र दर्शकको मायाले नेपाल आइडल विश्वकै उत्कृष्ट रियालिटी शोमा परेको हो । नेपाल आइडलले नेपाली कला संस्कृति र गीत संगीतलाई विश्वसामू चिनाउन सफल भएकोमा एपीवान टेलिभिजनले खुसी व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij