मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज विश्व एड्स दिवसः एचआइभीबाट दिवङ्गतको सम्झनामा दीप प्रज्वलन

  • प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५



  • आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

    ‘नो योर स्टाटस’ अर्थात आफ्नो अवस्था जानौं भन्ने नारासहित ३०औं विश्व एड्स दिवस शनिबार विश्वभर विविध कार्यक्रम गरी मनाईदैछ।

    एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले सदा झैं यो वर्ष पनि काठमाडौंको गौशाला चोकमा दीप  प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ।

    एड्सका कारण दिवङ्गत भएकाहरुप्रति श्रद्धाञ्जली अभिव्यक्ति गर्न र एच आइ भि संक्रमण विरुद्ध जनचेतना सिर्जना गर्न माइती नेपालले दीप  प्रज्वजलन गरेको हो।

    कार्यक्रममा माइती नेपालका कर्मचारी र पुनस्र्थापना गृहमा रहेको महिला तथा बालबालिकाको सहभागिता रहेको थियो। महिला हिंसा विरुद्धको सोह्र दिने अभियान अन्तर्गत विश्व एड्स दिवसलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ।

    माइती नेपालको सन्दर्भमा मानव बेचबिखिनबाट प्रभावित भएका र एज आइ भि संक्रमणका कारण एड्स भइ दिवङ्गत भएका चेलीहरुप्रति श्रद्धासुमन अर्पण गर्ने दिनको रुपमा यस दिवसलाई बुझ्ने गरिन्छ।

    एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।

    एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ती सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन गरि उनीहरुको सम्झना गरीनुका साथै विभिन्न जनचेतनामुलक कार्यक्रम गरिन्छ। पछिल्लो समय नेपालमा एचआईभी एड्सको संक्रमण घट्दै गएको छ । एचआइभीको नयाँ संक्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दावी रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij