प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५
प्रहरीले पूर्वमन्त्री विराट विष्टसहित २६ जनालाई चाबहिलबाट पक्राउ गरेको छ।
विवादित एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराट विष्ट, श्याम केसी, श्याबम प्रसाद घिमिरे, कमल विष्ट,माधव प्रसाद भण्डारीलगायत रहेका छन्।
सो कार्यक्रममार्फत् ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने विरूद्ध उनीहरूले विरोध कार्यक्रम गरेका थिए।
उनीहरू सबै गौशाला प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij