मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एचआइभी संक्रमणको उच्च जोखिममा को–को ?

  • प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५



  • काठमाडौं, मंसिर १५ । ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं भन्ने नारासहित ३१औं विश्व एड्स दिवस शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआइभी संक्रमण रहेको अनुमान गरिएको छ ।

    असुरक्षित यौनसम्पर्क गर्ने, सुइको प्रयोग गरी लागुऔषध सेवन गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेका छन् ।news

    लामो समयसम्म ज्वरो आउने, खोकी लाग्नु, बारम्बार झाडापखाला लाग्ने, क्षयरोगजस्ता लक्षणहरु देखापर्छ ।

    यस्तो लक्षण एचआइभीको संक्रमण भएको दुईदेखि १५ वर्षपछि पनि देखा पर्नसक्ने चिकित्सकहरु बताउँछन् ।

    एड्स अर्थात् एक्वार्ड इम्युनो डिफिसिएन्सी सिन्ड्रोमको एचआइभी भाइरस संक्रमित व्यक्तिको रगत र त्यो व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गर्ने व्यक्तिमा सर्ने गर्छ ।

    यस्तै, एचआइभी संक्रमित महिलाको स्तनपानको माध्यमबाट बच्चामा पनि सर्ने गर्छ ।

    यो भाइरस मानव शरीरमा प्रवेश गरेपछि शरीरको रोगसँग लड्नसक्ने क्षमता निर्भर रहने सेता रक्तकोषलाई विस्तारै नस्ट गर्न थाल्छ ।

    शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा सामान्य रोगले आक्रमण गर्ने सम्भावना उच्च रहन्छ ।

    तर, एचआइभी भएको थाहा हुनेबित्तिकै औषधि सेवन गर्ने हो भने यो रोग अरुमा सर्न पाउँदैन र संक्रमित व्यक्ति लामो समयसम्म बाँच्न सक्छन् ।

    नेपालमा १९ हजार पुरुष र १२ हजार महिला एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ ।

    तीमध्ये १६ हजार ४२८ जना उपचारमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।

    सरकारले सन् २०२० सम्ममा ९० प्रतिशत व्यक्तिलाई उपचारको दायरामा ल्याउने र शरीररमा भाइरसको भार न्यून बनाउने उद्देश्य लिएको छ ।

    विश्वव्यापीरुपमा हेर्ने हो भने विगत सात वर्षको अवधिमा यसको संक्रमण १६ प्रतिशतले घटेको छ ।

    नेपालमा भने ६१ प्रतिशले घटेको र ६३ प्रतिशत बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले दाबी गरे ।

    संक्रमित व्यक्तिलाई परिवारको भरपुर साथ र सहयोग तथा नियमित औषधि सेवन गर्न लगाउने हो भने उनीहरुको जीवनलाई लम्ब्याउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij