प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५

मधु पौडेल,नेपालगंज ,२०७५÷०८÷१७
त्रि.वि. प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई समिति तथा राष्ट्रिय अधिवेशन प्रतिनिधि निर्वाचन कार्यक्रम सार्वजानिक भएको छ ।
निर्वाचन तालिक कार्यक्रम अनुसार मतदाता नामावली प्रशासन यही मंसिर १८ गते दिउसो १ बजे रहेको छ भने प्रकाशित मतदाता नामावलीमा दावि विरोध मंसिर १९ गते विहान १० वजे सम्म र अन्तिम नामावली प्रकाशन सोहि दिन विहान ११ वजे सम्म रहेको छ भने उम्मेदावरीको मनोनयनपत्र वितरण १९ गते दिउँसो १२ वजे देखी २ बजे सम्म रहनेछ भने सोही दिन दिउसो २ बजे देखी अपरान्ह ४ बजे सम्म उम्मेदवारको मनोयनपत्र दर्ता गरीने छ । उम्मेदवारको नामावली प्रकाशन १९ गते अपरान्ह ४ः३० बजे हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको नामावली उपर दावी विरोध अपरान्ह ५ वजे हुने र उम्मेदवारको मनोनयन पत्र फिर्ता लिने २० गते विहान ९ः०० वजे सम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २० गते १० वजे र निर्वाचन प्रसार÷प्रचारका लागि मंसिर २० गते लार्य राखिएको छ भने मतदान कार्यक्रम भने मंसिर २१ गते विहान १० वजे देखि अपरान्ह ४ः०० वजे सम्म रहने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij