मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आलूको बोक्रा फाल्नुअघि पाँच पटक सोच्नुहोस्, यसले टाढा राख्छ यी रोग

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • आलू जुन पनि तरकारीमा मिल्ने भएका कारण यसलाई लगभग सबै मानिसहरुले खाने गर्दछन् । स्वादको लागि पनि यो मिठो तरकारीको रुपमा लिइन्छ । आलु खाँदा हामी त्यसको बोक्रा तास्ने गर्दछौं तर के तपाईंलाई थाहा छ, आलुको बोक्रा खाँदा निकै फाइदा छ ।

    यदि आलुमा पाइने गुणको भरपुर मात्रामा प्रयोग गर्न चाहनुहुन्छ भने यसको बोक्रासहित पकाउनुहोस् । यसले तपाईंलाई यी पाँच रोगबाट पनि राख्दछ ।

    १. रक्तचापलाई नियन्त्रणमा राख्छः
    आलुमा प्रचुर मात्रामा पोटासियम पाइन्छ । पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
    २. मेटाबोलिजमको लागि धेरै राम्रोः
    आलुको बोक्राले मेटाबोलिजमलाई पनि सहि राख्दछ । विशेषज्ञलाई मान्ने हो भने आलुको बोक्रा खाँदा नशाहरु बलियो हुने गर्दछ ।

    ३. आलुको बोक्रा खाँदा ताकत आउँछः
    आलुको बोक्रामा भरपुर मात्रामा भिटामिन बीथ्री पाइन्छ । भिटामिन बीथ्रीले ताकत दिने काम गर्दछ । यसका साथै यसमा हुने नैसिन कार्बोजलाई इनर्जीमा कन्भर्ट गर्दछ ।

    ४. रक्तअलपत्ता हुन दिँदैनः
    यदि तपाईं आइरनको कमीसँग जुधिरहनुभएको छ भने अरु तरकारीसँगै आलुको बोक्रा खाँदा पनि फाइदा हुनेछ । आलुको बोक्रामा आइरनको श्रोत निकै राम्रो हुन्छ जसबाट रक्तअलपत्ताको हुनबाट बचाउँछ ।

    ५. फाइबरले भरपूरः
    हाम्रो खानामा फाइबरको केही मात्रा हुन अत्यावश्यक छ । आलुमा भरपूर मात्रामा फाइबर हुने गर्दछ भने यसको बोक्रामा फाइबर अझ बढि पाइने गर्दछ । यसले पाचन प्रणालीलाई पनि बूस्ट गर्ने काम गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij