मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन

  • प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५




  • ललितपुर, २६ मङ्सिर (रासस) : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गर्नुभएको छ । 


    नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ । प्रहरी नायब महानिरीक्षक क्षेत्रीले सेवाग्राहीलाई चाँडो सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालय आइपुग्नासाथ सेवाग्राहीको कुरा बुझेर काम गर्नुपर्छ ।” 

    यो कार्यालय विसं २०३७ मा अस्थायी प्रहरी विटका रुपमा स्थापना भएको थियो । विसं २०७२ मा विट महानगरीय प्रहरी प्रभागका रुपमा स्तरोन्नति भएको हो । भवन अभावका कारण प्रभागले टिनको टहराबाट सेवा दिन बाध्य भएको थियो । प्रभागमा अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी कार्यरत छन् । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij