प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५
निलम ओली, रोल्पा
जन्ताको सेवाको मध्यनजर गर्दै पाण्डबेस्वरी यातायात प्रा लि ले हालै रोल्पाको घर्तिगाउँमा बुकिङ काउन्टर उदघाटन गरेको छ ।
पाण्डबेस्वरी बुकिङ काउटर रोल्पाका ईन्चार्ज तिरजपती वुढाको अध्यक्षता र पाण्डबेस्वरी प्रा.लि.का अध्यक्ष सरोज शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाली काङ्ग्रेस रोल्पाका निबर्तमान कृष्ण बहादुर घर्ती हुनुहुन्थ्यो भने, सबै पार्टीका प्रतिनिधि,पाण्डबेस्वरी यातायात प्रालिका कार्यसमितिका पदाधिकारीहरु र अन्य समितिका कर्मचारीहरु ,ईलाका प्रहरी ,ईलाका प्रशासन कार्यालय घर्तिगाउँका प्रतिनिधिको उपस्थिति रहेकोे थियो ।कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य पाण्डबेस्वरी यातायात प्रालिका सदस्य एबं नेपाल विद्यार्थी संघ रोल्पाका अध्यक्ष शेर बहादुर थापाले गर्नु भएको थियोे, भने सहजीकरण पाण्डबेस्वरी प्रालिका सदस्य एबं नेपाल विद्यार्थी संघ रोल्पाका सचिब नारायण रेग्मीले गर्नुभएको थियो ।
रोल्पाको घर्तिगाउँमा पाण्डबेस्वरी यातायात प्रालिको बुकिङ काउण्टर उदघाटन हुँदै गर्दा स्थानीय बासीहरुको अनुहारमा एक प्रकारको खुशी प्रष्ट देखिन्थ्यो,अब हामीले पनि चाहेको बेलामा छिटोछरितो यातायात सुबिधा पाउने भयौ जहाँ पनि लग्न सकिने भयो भन्दै निकै खुशियाली देखिन्थ्यो ।
घोराही देखि ९१ किलोमीटरको दुरिमा रहेकोे घर्तिगाउँमा यो सेवा पुगेपछि रुकुम र रोल्पाका करिबकरिब २ लाख सर्बसाधारणले सेवा पाउने निश्चित छ भन्छन स्थानीय बासीहरु, यो सुबिधा पछि घरघरमा बाटो भएको स्थानमा गाडी पुर्याएर हिंड्न् नसक्ने बुवा आमालाई निकै सजिलो हुने स्थानीय बासीहरु बताउछन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij