मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नयाँ अनुसन्धान : मृत्युपछि मिनेटसम्म आफैँलाई थाहा हुन्छ

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५



  • याेर्क : मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् ।

    अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. साम पार्नियाका अनुसार थुप्रै चिकित्सक र नर्सहरुसँग मृतकका बारेमा अनुसन्धान गरी यस्तो तथ्य पत्ता लागेको हो ।

    खोजका अनुसार मान्छेले आफ्नो मुटु चल्न बन्द भइसकेको थाहा पाइसक्दा पनि जानकारी हुन्छ । मुटुको चाल, रक्तसंचार र मस्तिष्क नै बन्द भइसक्दा पनि आफू मरेको जानकारी हुने उनीहरुको दावी छ ।

    यसरी पूर्ण रुपमा मृत्यु भइसक्न केही घण्टा नै लाग्ने रिसर्चमा संलग्न चिकित्सकहरुले बताएका छन् । न्युयोर्कस्थित ‘स्टोनी ब्रुक युनिभर्सिटी अफ मेडिसिन’ को रिसर्च टोलीले यस्तो पत्ता लगाएको हो ।

    साथै मृत्युको अवस्थाबारे पनि मानव मस्तिष्कलाई जानकारी हुने उनीहरुको भनाइ छ । तर यस्तो मृत्युचेत सबै मृतकमा नहुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij