मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भवन पहिरोले बगाएपछि विद्यार्थीहरु खुल्ला आकाशमुनी पढ्न बाध्य

  • प्रकाशित मिति : शनिबार, मंसिर २९, २०७५



  • बझाङ । बझाङको तल्कोट गाउँपालिकास्थित विश्वनाथ आधारभूत विद्यालयको भवन वर्षायाममा गएको पहिरोले बगाएसँगै विद्यार्थीको पढाइ अलपत्र बनेको छ । 

    विद्यालय भवन पुननिर्माणमा सम्बन्धित निकायको चासो नहुँदा बालबालिका खुला आकाशमुनी पढ्न बाध्य भएका छन्् ।

    गत भदौ १ गतेको अविरल वर्षाका कारण बझाङको तल्कोट गाउँपलिकास्थित विश्वनाथ आधारभूत विद्यालयका संरचनाहरु तहसनहस पारेपछि विद्यार्थीहरुको बिचल्ली भएको छ ।

    कक्षा ४ सम्म पढाइ हुने विद्यालयमा अहिले विद्यार्थीहरु पहिरोमाथि नै बसेर पढिरहेका छन् त्यो पनि सबै कक्षाका विद्यार्थी एकै ठाउँमा ।

    विद्यालयमाथि रहेका सडकका कारण पहिरोले विद्यालय बगाएको थियो ।

    भवन निर्माणको क्रम चलिरहँदा पहिरोले भवन भत्काएपछि विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ ।

    सहयोगको अपील गर्दा सम्बन्धित निकायले खासै चासो नदिएको शिक्षक शिवराज रोकायाको गुनासो छ ।

    यस विद्यालयमा  ८३ बालबालिक अध्ययनरत छन् । चर्को घाम लाग्दा हावाहुरी आउँदा तथा पानी पर्दा समेत विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ ।

    कक्षाकोठा नभएका कारण पाठ्यक्रमले तोकेको उद्देश्य अलपत्र बनेको छ ।

    पटक पटक स्थानीय सरकारसँग आग्रह गर्दासमेत समस्या सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशी बताउँछन् ।

    यता तल्कोट गाउँपालिका ३ का वडाध्यक्ष भरत बहादुर बोहरा भने विद्यालयको संरचना निर्माण आफूले निकै नै पहल गरिहेको दाबी गर्छन् ।

    विद्यालयजस्तो संवेदनशील अनि विद्यार्थीको भविष्यसँग जोडिएको थलो पहिरोले बगाएको ५ महिना भइसकेको छ ।

    तर पनि विद्यार्थीहरु पहिरोको जोखिम मोलेर खुल्ला आकाशमुनी पढ्न बाध्य छन् ।

    हरेक गाउँगाउँ टोलटोलमा स्थानीय सरकार गठन भएका छन् । यसबीच पनि यस्ता सामान्य समस्या पनि ज्यूँकात्यूँ हुँदा धेरैलाई सरकार नभएको आभाष गराइदिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij