शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

के थियो धर्मेन्द्रको त्यो फोनको वास्तविकता जसले टुटेको थियो हेमा–जितेन्द्रको विवाह !

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • बलिउडकी ड्रिम गर्ल भनेर चिनिने हेमा मालिनी एक जमानामा निकै चर्चित हिरोहरुको ड्रिम गर्ल हुने गर्दथिन् । त्यतिबेला थुप्रै हिरोहरु हेमालाई आफ्नी दुलही बनाउने सपना बुन्दथे । तर उनले धर्मेन्द्रसँग विवाह गरिन् ।

    कुरा सन् १९७४ तिरको हो, जब हेमासँग एकजना होइन, तीनजना ठूला अभिनेता विवाह गर्न चाहन्थे । संजीव कुमार, जितेन्द्र र धर्मेन्द्र तीनैजना हेमासँग विवाह गर्न चाहन्थे ।

    hema sanjivयता हेमाको नाम विवाहित ४ बच्चाका पिता धर्मेन्द्रसँग जोडिन सुरु भइसकेको थियो भने उता संजीव कुमार हेमालाई मनमनै मन पराउन सुरु गरिसकेका थिए । हेमा र धर्मेन्द्रको सम्बन्धको खबर हेमाको परिवारलाई मन परेको थिएन ।

    उपयुक्त समय हेरेर संजीवले आफ्नो आमाबुवालाई हेमाको घरमा विवाहको प्रस्तावसहित पठाए तर हेमाकी आमाले छोरीको विवाहको लागि उमेर नपुगेको भन्दै उनीहरुको प्रस्तावलाई अस्विकार गरिन् ।

    हेमाको परिवारबाट नकारात्मक उत्तर आएपछि पनि संजीवले हार मानेनन् र आफ्नो साथी जितेन्द्रलाई विवाहको प्रस्तावसहित पठाए । जितेन्द्रले संजीव सोझो र अहिलेसम्म विवाह नभएको भनेर हेमालाई विवाहको लागि राजी हुन सम्झाए तर हेमाले आफूलाई संजीव मन त पर्ने तर विवाह गर्न नसक्ने बताइन् ।

    Captureहेमाले अस्विकार गरेपछि संजीव निकै आहत भए । त्यतिबेला छापिएका खबर अनुसार हेमाले अस्विकार गरेपछि संजीवले रक्सी पिउन सुरु गरे । अत्यधिक रक्सी पिउनाले उनको स्वास्थ्य दिनानुदिन बिग्रँदै गयो ।

    कहानीमा ट्विस्ट त्यतिबेला भयो जब संजीवसँग विवाहको लागि अस्विकार गरेपछि जितेन्द्रले पनि मौकामा चौका हाने । जितेन्द्र पनि हेमालाई प्रेम गर्न थालिसकेका थिए त्यसकारण उनले पनि हेमालाई प्रेमको प्रस्ताव गरे ।

    जितेन्द्रले प्रेमको प्रस्ताव गरेपछि हेमा सोचमग्न भइन् । आफू धर्मेन्द्रसँग सम्बन्ध रहेको तर विवाहित धर्मेन्द्रसँग विवाह गरेपछि आफ्नो अवस्था कस्तो रहला भन्ने उनी चिन्तामा थिइन् । अझ जितेन्द्रले प्रेमको प्रस्ताव गरेपछि उनी झन् तनावमा रहिन् । यता धर्मेन्द्र पनि आफ्नी श्रीमती र बच्चाका कारण हेमासँगको सम्बन्धलाई कुन रुप दिने भन्नेमा सोचमग्न थिए ।

    hema1जितेन्द्र एक्लो थिए त्यसकारण हेमाका लागि उनलाई अस्विकार गर्नु निकै गाह्रो थियो । फिल्म ‘दुल्हन’ को सुटिङका क्रममा दुबैले एक अर्कासँग धेरै समय बिताए । फिल्मको सुटिङ समाप्त भएलगत्तै जितेन्द्र आफ्ना आमाबुवासँग हेमाको घर पुगे । दुबै परिवारबिच कुराकानी भइरहेको थियो, त्यतिबेला धर्मेन्द्रको फोन आयो र उनले रिसाउँदै हेमालाई भने, कुनै पनि निर्णय लिनु पहिले मलाई एकपटक भेट ।’ हेमा धर्मेन्द्रको यो फोनपछि सोचमग्न भइन् । फोनपछि हेमाले आफ्नो निर्णय परिवर्तन नगरोस् भन्ने उद्देश्यले जितेन्द्रले तिरुपती मन्दिरमा विवाह गर्ने निर्णय गरे । हेमाले विवाह बारे सोचिरहेकी थिइन्, त्यतिबेला नै उनको घरमा पुनः फोनको घण्टी बज्यो, यसपटकको फोन जितेन्द्रकी प्रेमिका शोभाको थियो । उनले आफूहरु निकै गहिरो प्रेममा परेका कारण जितेन्द्रसँगको विवाहबारे पुनः एकपटक सोच्न आग्रह गरिन् । हेमालाई लगातार कहिले धर्मेन्द्रको फोन आइरहेको थियो भने कहिले शोभाको । उनी तनावमा थिइन् । हेमासँग विवाह गर्ने जितेन्द्रको इच्छा अधुरो रह्यो र अन्तमा सन् १९७६ मा जितेन्द्रले आफ्नी प्रेमिका शोभासँग विवाह गरे ।

    hema2यता हेमाका पिता धर्मेन्द्रसँग छोरीको विवाह गर्न राजी थिएनन् त्यसकारण उनी छोरीको विवाहका लागि अर्को युवक खोजिरहेका थिए । तर हेमाका लागि धर्मेन्द्र बिना बाँच्नु भनेको पानी बिनाको माछा सरह थियो । दुबैको प्रेम दिनप्रतिदिन झाङ्गिँदै थियो । यता धर्मेन्द्रले आफ्नी पहिलोृ श्रीमती प्रकाश कौरको बारेमा केही कुरा नगरिकनै हेमासँगको आफ्नो सम्बन्ध स्विकार गर्न थालिसकेका थिए । सन् १९७६ मा एक म्यागजिनलाई दिएको अन्र्तवार्तामा यी दुबैले आफ्नो सम्बन्धलाई स्विकार गरेका थिए । समय आफ्नै गतीमा चलिरहेको थियो र उनीहरुको सम्बन्ध पनि झाङ्गिँदै थियो, यहिबेला हेमाको पिताको मृत्यु भयो । हेमाको जिन्दगीको यो दुखद घडीमा धर्मेन्द्रले उनलाई साथ दिए ।

    hema3धर्मेन्द्रकी पहिलो श्रीमती सम्बन्धविच्छेद गर्न तयार थिइनन् त्यसकारण दुबैले इस्लाम कबूलेर विवाह गर्ने निर्णय गरे । दुबैले चुपचाप विवाह गरे । त्यसपछि सन् १९८० मा दुबैले हिन्दु रितिरिवाज अनुसार विवाह गरे । यसप्रकारले हेमा धर्मेन्द्रकी दोस्रो श्रीमती भइन् । दुबैको दुई छोरी ऐशा र ईशा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij