मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चक्रपथमा सडक विभागले खुला छोडेको खाल्डोमा पस्यो जिप

  • प्रकाशित मिति : सोमवार, पुस २, २०७५



  • गोंगबु चक्रपथमा सडक विभागले खुला छोडेको खाल्डोमा परी एउटा निजी जीप (एसयूभी)  दुर्घटनामा परेको छ।

    सोमबार बिहान ८ बजे सामाखुसीबाट गोंगबुतिर जाँदै गरेको बा १४ च ९६३७ नम्बरको गाडी गोंगबु चोक पुग्न २० मिटर बाँकी रहँदै यु टर्न गरेर पुनः सामाखुसीतर्फ मोडिन खोज्दा सडक विभागले त्यतिकै छोडेको खाल्डोमा परेको थियो।

    १० वर्षदेखि गाडी चलाउँदै आएका काठमाडौंका युद्ध बहादुर चौलागाई आफूले सडकको बिचमा रहेको अगाडिको खाल्डो नै नदेखेर दुर्घटनामा परेको बताए।

    ‘म दश वर्षदेखि गाडी चलाइरहेको छु, गाडी चलाउन नजानेर होइन। सडकको खाल्डो नै नदेखेर दुर्घटनामा परेँ,’ चालक चौलागाईँले सेतोपाटीसँग भने।

    स्थानीय विकास आचार्यका अनुसार सडक विभागले खनेर छोडेको खाल्डोमा परेर दुर्घटना भइरहेको जानकारी दिए।

    उनले अब पनि यो खाल्डो नपुर्ने हो भने धेरै दुर्घटना हुने सचेत गराए। दुर्घटनामा परेको गाडीलाई प्रहरीले क्रेन ल्याएर खाल्डोबाट बाहिर निकालेको छ।

    विभागले राजधानीका धेरै जसो ठाउँमा खाल्डो खनेर त्यसै छोड्ने गरेको छ। यसअघि पनि बल्खुमा सडक विभागले खुला छोडेको खाल्डोमा परेर साइकल यात्रीको मृत्यु भएको थियो। समयमै यस्ता खाल्डाहरू पुर्न सडक विभागले ध्यान दिएको पाइँदैन। 

    सेतो पाटीबाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij