प्रकाशित मिति : सोमवार, पुस २, २०७५
मधु पौडेल, बाँके २०७५÷०९÷०२
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बससेवा सञ्चालनको तयारी गरेको छ । सर्वसाधारणलाई सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउने भन्दै नगरपालिकाले ३ बस सञ्चालनको तयारी गरेको हो ।
गत असोज २० गते बसेको नगर कार्यपालिकाको बैठकले सर्वसाधारणको सजिलोका लागि बस सञ्चालन कार्य्विधि पास गरिसकेको छ ।
कार्यपालिकाको निर्णयअनुसार बस खरिदका लागि नगरपालिकाले सूचना जारीसमेत गरिसकेको छ । नगर बस सञ्चालनका लागि ३ बस खरिदका सूचना जारी गरिसकेको नगरप्रमुख विशाल शर्माले बताए ।
आवश्यक प्रक्रिया पुगेपछि बस आइपुग्ने शर्माको भनाइ छ । नगरपालिकाका सबै वडामा सडक पुगिसकेको अवस्थामा स्थानीयलाई सर्वसुलभ यातायात सेवा प्रदान गर्न बस सञ्चालनमा ल्याउन लागेको हो ।
सबै बस ३२ सिट क्षमताका हुने जनाइएको छ । ३ बसमध्ये चौरजहारी उपत्यकादेखि १४ नम्बर वडाको नुवाकोटडाँडासम्म २ बस चल्नेछन् । एउटा बस बिहान नुवाकोटडाँडादेखि चौरजहारीसम्म चल्नेछ भने अर्को बस पनि सोही रुटमा सोही समयमै चलाइनेछ ।
नगरपालिकादेखि सबैभन्दा टाढा भएको १४ नम्बर वडाको नुवाकोटडाँडा र तिमिले गाउँ हो । चौरजहारी उपत्यकादेखि नुवाकोटडाँडासम्मको सडक ३२ किमि छ । अर्को बस चौरजहारी उपत्यकाभित्रै सञ्चालन गरिनेछ ।
सर्वसाधारणलाई नगरपालिका कार्यालय पु¥याउने, चौरजहारी अस्पताल र्पुयाउने तथा उपत्यकाभित्रै आवातजावत गर्नेका लागि बस सञ्चालन गरिनेछ ।
नगरपालिकाले गत आवमा नगरका १४ वडामै सडक पु¥याइसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij