मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हजारौं सर्पहरु मुखमा हाल्ने २१ बर्षका पाल्पाका युवा । कैयौं सर्पले टोक्दा नि केहि भएन

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५



  • काठमाडौं, २ पुष । पाल्पा अर्गलीका सागर पाण्डे सर्प बचाउ अभियानमा लागेका छन् । चार बर्षको अवधिमा उनले तीन सयभन्दा बढी सर्प बचाइ सकेका छन् । सर्प देखेर नडराउने मानिस कमै हुन्छन् । तर पाल्पा अर्गलीका सागर पाण्डे सर्पलाई समातेर सजिलै खेलाउने गर्छन् । आफ्नै ६ महिनाकी बहिनी सुतिरहेको बेला नजिकै सर्प देखेपछि बहिनीलाई बचाउन उनले आफ्नो ज्यानको बाजी लगाएर सर्प समातेपछि उनी अहिले जुन सुकै सर्पलाई पनि सजिलै समात्न सक्ने भएका छन् ।

    चार बर्ष अघि देखि सर्प समाउने र बचाउने अभियानमा लागेका सागरले अहिलेसम्म गाउँघरबाट तीन सयभन्दा बढी सर्प बचाइसकेको बताउंछन् । सर्प समाउने कुनै अनुभव र तालिम नलिएका सागरले उभयचर र सरीर्सप सम्बन्धी लेखिएको थेसिस पढेकै भरमा यस्तो जोखिम काम गर्न सफल भएका हुन् ।
    पाल्पा, गुल्मी, स्याङ्जा र कास्की जिल्लाबाट समेत घरमा पसेको सर्प समात्न बोलाउने गरेको पाण्डे बताउँछन् ।

    नेपालको प्रचलित कानुनमा सर्पलाई हानी नोक्सानी गर्ने र मार्ने व्यक्तिलाई कानुन बोमोजिम सजाए हुन्छ । कतिपय मानिस सर्प देख्ने वित्तिकै डरले मार्ने गर्छन् तर सजायंको बारेमा जानकार हुंदैनन् । सबै प्रजातिका सर्प एकै प्रकारका हुंदैनन् भन्ने भाव जगाउन उनले सर्प बचाउ अभियान नै संचालन गरिरहेका छन् ।
    जसमा सर्प बचाउन उनले मेला, पर्व र महोत्सवमा आफ्नो कला देखाउने गरेका छन् । उनको सर्प बचाउ अभियानमा परिवारले समेत सघाउने गरेका छन् ।
    सर्पले आखाले देख्छ तर सुन्दैन । हिन्दु धर्ममा सर्पलाई देवता मानेर नाग पञ्चमीका दिन पुजा गर्ने गरिन्छ । पहाडी क्षेत्रमा गोमन, चिचिन्ने, हरियो र कपरहेड सर्प पाइने गर्दछ । सर्प आफैंमा मानिसको सत्रु होइन् तर यसलाई छुने, जिस्काउने र चलाउने गरे मात्र टोक्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij