मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हात्ती पीडित नागरिकको गुनासो : राहत पाइएन

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५



  • एक महिनाको अवधिमा सर्लाहीमा जंगली हात्तीले १९ घर भत्काउनुका साथै करिव ५ बिगाहामा लगाएको अन्न र तरकारी बाली नष्ट गरे पनि सरकारी निकायले कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । पर्सा वन्यजन्तु आरक्षबाट आएका जंगली हात्तीले लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा प्रवेश गरेर ठूलो क्षति पुर्‍याउँदै आएका छन् ।

    सर्लाही, पुस ४ । सर्लाहीका हात्ती पीडित नागरिकले राज्यबाट कुनै सहयोग र राहत पाउन नसकेको गुनासो गरेका छन् ।

    हात्तीबाट पीडित भएका दुई जनाले क्षतिपूर्तिका लागि निवेदन दिएको र अन्यको पनि क्षतिपूर्तिका लागि निवेदन आउने क्रम जारी रहेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।

    उनले जंगली हात्तीले क्षति पुर्‍याएका घर तथा बालीनालीको क्षतिपूर्ति लिन स्थानीय तह र सामुदायिक वनको सिफारिस आवश्यक पर्ने बताए । त्यसपछि स्थलगत अनुगमन गरी पीडितलाई १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिन सकिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij