प्रकाशित मिति : बुधबार, पुस ४, २०७५
दैलेख : एक बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान उनको शव भेटिएको हो। मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो।
दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको जानकारी दिए।
बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij