प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५
काठमाडौं : नेपाल आइडल– २ को अडिसनमा र्याप गीत आएर चर्चामा आएकी करिष्मा विष्टले भिडियो सार्वजनिक गरेकी छन् ।
अडिसनबाट चर्चा पाएकी करिष्माले आफ्नो पहिलो भिडियो गीत सार्वजनकि गरेकी हुन् । उनको भिडियो नेपाल आइडलको युट्व च्यानलबाट सार्वजनिक भएको छ । दुई दिनमा उनको भिडियो एक लाख बढीले हेरेका छन् ।
विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो’को भिडियो ल्याएकी हुन् । भिडियोमा उनलेअ आफै अभिनय गरेकी छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij