मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात

  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५



  • आज डिसेम्बर २१ अर्थात् पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुने दिन हो । यसको ठीकविपरीत दक्षिणी गोलार्द्धमा भने आज वर्षकै लामो दिन हुन्छ । एक गोलार्द्धको सूर्यतर्फको झुकाव नै यसको प्रमुख कारण हो ।

    पृथ्वीले सूर्यको परिक्रमा गर्दैगर्दा पृथ्वी आफ्नो अक्षमा पनि घुम्ने गर्दछ । पृथ्वीले आफ्नो अक्षमा एक चक्कर लगाउँदा एक दिन हुन्छ भने आफ्नो कक्षमा एक परिक्रमा गर्दा एक वर्ष हुन्छ ।

    पृथ्वीले सूर्यको परिक्रमा गर्दा २३.५ डिग्री कोणको झुकावमा घुम्ने गर्दछ ।

    पृथ्वीको दक्षिणी गोलार्द्धको झुकाव सूर्यतर्फ हुन्छ भने उत्तरी गोलार्द्ध सूर्यभन्दा विपरीत झुकेको हुन्छ । त्यसै झुकावले सूर्यको सीधा प्रकाश भिन्न–भिन्न स्थानमा पर्दछ । जसका कारण पृथ्वीमा वर्षभरि दिन, रात र मौसममा भिन्नता देखिन्छ ।

    यस झुकावले भूमध्येरेखा आसपासका क्षेत्रमा सूर्यको प्रकाशमा खासै भिन्नता नभएपनि पृथ्वीका गोलार्द्धतर्फ भने धेरै प्रभाव देखिन्छ ।

    यसैका कारण अंग्रेजी महिनाको डिसेम्बर २१ देखि २३ तारिखमध्येको एक दिन उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन र लामो रात हुने गर्दछ भने दक्षिणी गोलार्द्धमा यसको विपरीत सबैभन्दा लामो दिन र छोटो रात हुन्छ ।

    त्यसैगरी, जुन २१ देखि २३ तारिखमध्येको एक दिन उत्तरी गोलार्द्धमा सबैभन्दा लामो दिन र छोटो रात हुन्छ ।

    पृथ्वीले सूर्यको निरन्तर परिक्रमा गरी नै रहेको हुन्छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij