प्रकाशित मिति : शनिबार, पुस ७, २०७५
बस दुर्घटना भएको विबरण:-
मिति २०७५।०९।०६ गते अन्दाजी १६:५० बजे तुलसीपुर सल्यान सडक खण्डमा तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस रोडबाट अ. ६/७ सय मिटर तलखसी दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र यस कार्यालयबाट तत्काल प्रहरी टोली खटिगई घाइते तथा मृतकको घटनास्थलबाट उद्दार गरीएको, उक्त बसका घटनास्थमानै रहेको ।
दुर्घटनास्थलमा ४ महिला १८ पुरुष जम्मा २२ जनाको मृत अवस्थामा लास फेला परेको सनाखत हुन बाकी,उक्त लास राप्ती अञ्चल अस्पताल तुलसीपुरको शवगृहमा राखिएको, कानूनि प्रकृया सम्पन्न गरी लास मृतकको आफन्तलाई बुझाउने ।
दुर्घटनास्थलमा ५ महिला १० पुरुष जम्मा १५ जना घाईते राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार पश्चात थप उपचारको लागी कोहलपुर मेडिकल कलेज कोहलपुर र नर्सिङहोम नेपालगंजमा पठाईएको,अवस्था सुधार हुँदै ।
दुर्घटनामा घाइतेको विबरणः-
१. जिल्ला रुकुम सानीभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन, टाउकोमा चोट अबस्था सिरियस,
२. जिल्ला दाङ बंगलाचुली गा.पा. १ बस्ने बर्ष १६ की मनिका रिजाल, टाउकोमा चोट अबस्था सिरियस,
३. जिल्ला जुम्ला चन्दननाथ गा.पा. ७ बस्ने बर्ष १७ को कुसेन्द्र खत्री टाउको र पेटमा चोट अबस्था सिरियस,
४. जिल्ला अछाम मंलगसेन न.पा. ५ बस्ने बर्ष १८ को यूवराज ढुंगाना, टाउको र खुट्टामा चोट अवस्था सिरियस,
५. जिल्ला अछाम मंगलसेन नगरपालिका ६ बस्ने बर्ष १८ को बिक्रम भण्डारी,टाउकोमा चोट अबस्था सिरियस,
६. जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,टाउकोमा चोट अबस्था सिरिय,
७. जिल्ला दाङ घोउमनपा १४ बस्ने बर्ष १८ को संजय खनाल, टाउकोमा चोट अबस्था सिरियस (सह चालक २०७५।०९।०७ गते विहान ०६.०० बजे थप उपचारको लागी नर्सिङ होम नेपालगंज रिफर),
८. जिल्ला हुम्ला घर भएको बर्ष २०/२२ को बिरेन्द्र बटाला,टाउकोमा चोट अबस्था सिरियस,
९. जिल्ला रुकुम सानिभेरी गा.पा. १० अर्मा बस्ने बर्ष १६ को राजन डागी , बाँया खुट्टा भाँचिएको अबस्था सिरियस,
१०. जिल्ला रोल्पा परीवर्तन गा.पा. ४ बर्ष १७ को प्रकाश वली,टाउकोमा चोट अबस्था सिरियस,
११. जिल्ला जुम्ला चन्दननाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,टाउकोमा चोट अबस्था सिरियस,
१२. जिल्ला जुम्ला चन्दननाथ गा.पा. ७ बस्ने बर्ष १५ की बर्सा रोकाया, मुख रढाडमा चोट अबस्था सामान्य,
१३. जिल्ला जुम्ला चन्दननाथ न.पा. २ बस्ने बर्ष १६ को भद्र बिष्ट, खुट्टामा चोट अबस्था बोल्न सक्ने,
१४. जिल्ला कैलाली टिकापुर न.पा. ८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, टाउको र घाँटीमा चोट बोल्न सक्ने (दाङ मामा घर),
१५. जिल्ला जुम्ला तातोपानी गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, घुडा र ढाडमा चोट अबस्था बोल्न सक्ने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij