प्रकाशित मिति : शनिबार, पुस ७, २०७५
काठमाडौं : ललितपुरको बालकुमारीमा डर लाग्दो दुर्घटना भएको छ । कोटेश्वर–कलंकी सडक खण्डको बालकुमारीमा बा ४ ख ७८०२ नम्बरको टिपर शनिबार बिहान साढे २ बजे दुर्घटनामा परेको हो ।
बाटोमा गुडिरहेको टिपर सडकबीचको डिभाइडरमा ठक्कर दिँदै रेलिङ भत्काएर किनारमा पार्किङ गरी राखेको अर्काे ट्रकमा ठक्कर खाई नजिकैको टहरोमा गएर जोतिएको थियो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij