मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धर्म प्रचारमा बालबालिका प्रयोग

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • काभ्रेपलाञ्चोक, ७ पुस –  काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो ।

    आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन्् । 

    बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको बताउनुहुन्छ, “ल हेनुहोस्, अङ्कल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए” उहाँले भन्नुभयो । केही नबुझ्ने बालबालिकालाई किन प्रचारमा पठाइएको होलान् उहाँको प्रश्न थियो । 

    आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले “चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु” भनेर पठाएको बताए । उनीसँगै पनौती र काठमाडाँै इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए । “यी किताब बाँडिसकेपछि अङ्कलले चक्लेट किनिदिनुहुन्छ” साइमन नाम गरेका अर्का बालकले खुशी हुँदै भने । बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे । 

    यस विषयमा बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरुले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको बताउनुभयो । “बच्चा आफैँले पुस्तक निकालेर आफुखुशी बाँडेका हुन्, हामीले प्रयोग गरेका होइनौँ” उहाँले भन्नुभयो । जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिना जिल्लामा पछिल्लो समय धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद् भएको बताउनुहुन्छ । 
    रासस 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij