मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जिल्ला फेरिइरहने गाउँ

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • रुकुम पूर्व — मुलुकको पुन:संरचनासँगै रुकुम जिल्ला पूर्व र पश्चिम गरी विभाजित भयो । रुकुम पूर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भूगोलमा पर्‍यो । राणाकालदेखि यहाँका बासिन्दाको ठेगाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुन:संरचना हुन्छ, यहाँका बासिन्दा नयाँ जिल्लाका बन्छन् ।

    रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका १ र २ अर्थात् पुरानो मैकोट गाउँ । तस्बिर : हरि/कान्तिपुर ।

    साबिकको मैकोट र अहिलेको पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाका स्थानीयलाई सधैँ फरक जिल्लामा पार्ने गरिएको छ । रुकुमका तत्कालीन तकबाछी, हुकाम, मैकोट र रनमा गाउँ पञ्चायत पाल्पा गौंडाअन्तर्गत थिए । गौंडा, उति बेला सरकारी कार्यालय राखिने स्थान हो । पाल्पा गौंडापछि यी स्थानलाई ०१८ मा बागलुङ गौंडामा सारियो ।
    डेढ वर्ष बित्न पाएको थिएन, उनीहरू डोल्पाली भए । डेढ वर्ष डोल्पाका बासिन्दा बनेपछि उनीहरू पुन: बागलुङमै फर्काइए । बागलुङ गौंडा समयक्रममा धौलागिरि अञ्चलाधीश कार्यालयमा रूपान्तरित भयो । बागलुङअन्तर्गत रहेका यी गाउँलाई पुन: रुकुममा समावेश गरियो । साबिकको गाउँ विकास समितिको नयाँ संरचनामा केही थपघटसहित रुकुममा समावेश गरिएको थियो ।
    रुकुमकोटमा सदरमुकाम कायम गर्न आफूहरूलाई बागलुङबाट यहाँ ल्याइएको स्थानीयको भनाइ छ । अहिले यी क्षेत्र रुकुमपूर्वमा परेका छन् । डेढ वर्षअघिसम्म रुकुम जिल्ला लेख्ने त्यस क्षेत्रका बासिन्दा अहिले रुकुम पूर्व लेख्न थालेका छन् ।

    ‘हामीलाई यता राखियोस्, उता राखियोस् भन्ने हाम्रा पुर्खा र हामी कसैको माग होइन,’ पूर्वजिविस सदस्य लक्ष्मीप्रसाद पुन मगरले भने, ‘मगर समुदायको सोझोपनको फाइदा उठाएर जता फाइदा लिन सकिन्छ उतै हालियो ।’ एउटा जिल्ला लेख्ने बानी नपर्दै अर्को जिल्लामा मिसाउने गरिएको दुखेसो उनले सुनाए ।
    राजनीतिक फाइदाका लागि विशेष क्षेत्र, भूगोल र ठाउँलाई तलमाथि गराइएको उनको भनाइ छ । ‘उति बेला चुनाव अघि निर्वाचन क्षेत्र हेरफेर गर्ने परिपाटी थियो । त्यसैले जता मिसाउँदा सजिलो हुन्छ, हामी र हाम्रो क्षेत्रलाई उतै गाभियो र त्यसबाट मनग्यै फाइदा लिइयो,’ पुनले भने । त्यस क्षेत्रलाई समेटेर छुट्टै ढोरपाटन जिल्ला बनाउन राजा महेन्द्रले हुकुम गरे पनि राजनीतिक नेताकै कारण त्यसो नभएको उनको भनाइ छ । बागलुङका गृह सहायक मन्त्री तेजेन्द्रबहादुर खड्काले निर्वाचनमा असहज हुने भन्दै छुट्टै जिल्ला बनाउन रोकेको उनको दाबी छ ।
    पटक–पटक आफ्नो क्षेत्रलाई यताउता पारे पनि सुविधा नपाएको स्थानीयको गुनासो छ । मैकोटका अमरधन पुनले जुन शासन व्यवस्था र कालमा जुन जिल्लामा राखे पनि विकास भने नआएको बताए । ‘धेरै जिल्लाका बासिन्दा बनेका हामीले आजसम्म गाउँबाट मोटर चढ्न पाएका छैनौँ, न यहाँबाट सजिलै फोन सम्पर्क हुन्छ,’ उनले भने, ‘जसलाई जे फाइदा हुन्छ, त्यसरी नै हामीलाई जिल्ला–जिल्ला सार्दै फाइदा लिइयो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij