मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गुगल सर्चले कसरी काम गर्छ ?

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • गुगलका सीईओ सुन्दर पिचईले ११ डिसेम्बरमा अमेरिकी संसदीय समितिले राखेका प्रश्नहरुको जवाफ दिएका छन् । गुगलले दक्षिणपन्थी नेताहरु माथि पक्षपात गरेको आरोप लागेपछि अमेरिकी संसदले उनलाई सोधपुछका लागि बोलाएको थियो ।

    झण्डै साढे तीन घण्टा चलेको सोधपुछका क्रममा सीईओ पिचईसँग अनेक प्रश्नहरु राखिएका थिए । गुगल खोजलाई प्रभावित पार्न के कुनै व्यक्ति पर्दा पछाडिबाट काम गर्दछ ? भनेर उनलाई सोधिएको प्रश्न रोचक थियो ।

    जवाफमा सुन्दर पिचईले सर्चको काम कम्प्युटरले गर्ने र यसमा कुनै पनि व्यक्तिको कुनै प्रकारको भूमिका नहुने स्पष्ट पारे । हामी हरेक दिन गुगलको उपयोग गर्दछौं तर गुगल सर्चले कसरी काम गर्दछ भनेर सायदै कसैलाई थाहा होस् ।

    गुगलले यसरी गर्छ सर्च 
    संसदमा पिचईले कम्पनीले म्यानुअल रुपमा सर्च नगरेर स्वचालित ढंगबाट काम गर्दै आएको दाबी गरे । कुनै पनि किवर्ड समावेश हुँदा गुगलले सबैभन्दा पहिले ‘क्रोलर’ को माध्यमबाट वेब स्क्यान गर्दछ । क्रोलरको भूमिका सर्चमा सबैभन्दा महत्वपूर्ण हुन्छ ।

    क्रोलर भनेको के हो ?
    क्रोलर्सलाई हामी सानो रोबोट जस्तै सम्झिन सक्छौं । जसले गुगललाई इन्टरनेटमा रहेका सबै वेबसाइट अथवा फाइलका बारेमा जानकारी दिन्छ । ति जानकारीहरुलाई उसले गुगलको सर्भरमा पठाउँछ ।

    सर्चका बेला क्रोलर्स आफ्नो इंडेक्समा अर्बौ रजिस्टर्ड पेजहरुलाई स्क्यान गरेर त्यसका शीर्षक र जानकारीसँग मेल खाने पन्नाहरु, तस्बिरहरु अथवा अडियो–भिडियोेहरुको नजिताका रुपमा देखाउँछ ।

    पेज र्याङ्क
    यसपछि उसले प्राप्त नतिजाहरुलाई र्यांकिङ गरेर क्रमपद्ध रुपमा देखाउँछ । मोटामोटी रुपमा लोकप्रियता, प्रासंगिकता र प्रामाणिकताका आधारमा गुगल सर्च रिजल्ट देखाउँछ ।

    गुगल पेज र्याङ्क नामको एक ट्रेडमार्क एल्गोरिदमको उपयोग गर्दछ । जसले प्रासंगिकताका आधारमा प्रत्येक वेबपेजलाई स्कोर दिन्छ । यो प्रासंगिकता, ताजगी, लोकप्रियता र अन्य मानिसहरुको उपयोगको आधारमा रिजल्ट देखाउँछ ।
    यसै आधारमा सबैभन्दा उच्च र्यांङ्क भएको पेजलाई गुगल सर्चमा सबैभन्दा माथि देखाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij