मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बेलबारीमा मोटरसाईकल दुर्घटना, फुपु र भदाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • बेलबारी । पुर्वपश्चिम लोकमार्गको बेलबारी कानेपोखरी सडकखण्ड अन्र्तगत मोरङको बेलबारी ८ स्थित जंगलमा रोकिराखेको बसमा आईतबार दिउँसो मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

    उदयपुरको कटारीबाट काकडभिट्टा तर्फ जाँदै गरेको मातृभाग्यरेखा यातायातको ना ४ ख ४८१३ नम्बरको बस यात्रुलाई पिसाव फेर्नका लागी रोकिराखेको अबस्थामा सोही दिशातर्फ गईरहेको मे ८ प १८७८ नम्बरको मोटरसाईकल ठोक्किँदा चालक ईलामको फाकफोकथुम गाँउपालिका ५ का २२ बर्षिय प्रबिण तामाङ र पछाडी सवार झापाको बुद्धशान्ति गाँउपालिका ३ की ४५ बर्षिया नरमाया तामाङको उपचारका लागी धरान लैजाने क्रममा बाटोमै ज्यान गएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख असई लिला श्रेष्ठले जानकारी दिएका छन ।

    चालक र बस प्रहरीको नियन्त्रणमा रहेको समेत उनले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएकाहरु नतामा फुपु र भदा रहेको खुल्न आएको श्रेष्ठले बताए । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij