मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुर्घटना भएको स्थानमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५



  • निलम ओली , दाङ । दुर्घटना भएको स्थान राम्रीमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको छ । तुल्सीपुर उपमहानगरपालिका ३ राम्रीमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको हो । २३ जनाको ज्यान जानेगरी ६ गते भएको दुर्घटनास्थलमा डिल डान्स एकेडेमी तुल्सीपुर दाङको सहयोगार्थ मन्दिर निर्माण गरिने भएको एकेडेमीका अध्यक्ष द्रोण प्रसाद आचार्यले बताउनु भयो ।
    एकेडेमीको कोषमा रहेकोे केहि रकमबाट यही हप्ता देखि मन्दिर निर्माणकार्य सुरुवात गर्ने र कोहि सहयोगका लागि ईच्छुक भएमा ९८४७८६४ ८९१ मा सम्पर्क गरि सहयोग गर्न आचार्यले आग्रह गर्नुभएको छ । यसैगरी युवा ब्याबसायी तथा परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपालीले मन्दिरको लागि एक हजार ईटा सहयोग गर्ने जलजलाखबरसंग बताउनुभयो ।
    पटकपटक दुर्घटना भै ठुलो जनधनको यही स्थानमा भएकोले मृतआत्माको शान्ति र अब यो स्थानमा दुर्घटना रोकियोस भन्ने उद्देश्यले मन्दिर निर्माणकार्यको लागि आफुले शुरुआत गर्न थालेको आचार्यले बताउनुभयो । उक्त स्थानमा मन्दिर बनाउने कार्यमा जस्ले सहयोग गर्नुहुन्छ उहाँहरुको मन्दिरमाशिला नाम र रकम प्रष्ट खुलाउने उहाले बताउनुभयो ।
    कृष्ण सेन ईच्छुक बहुप्राथमिक बिद्यालय पनौराको शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना भएको हो । सल्यानको मुलपानीबाट तुल्सीपुर तर्फ जाँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij