मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौ-दाङ दैनिक हवाई उडान

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • दाङ : सरकारी वायु सेवा कम्पनी नेपाल एयरलाइन्सले दाङमा दैनिक नियमित हवाई उडान भर्ने भएको छ। नियमित उडान सुरु गरेको एयरलाइन्सले दैनिक उडान कार्यतालिका सार्वजनिक गरेको छ। पुस ११ गते देखि काठमाडौ दाङ दैनिक उडान भर्ने तयारी भएको नेपाल बायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामाले बताए। यस अघि हप्तामा तीन दिन उडान भर्दै आएको थियो।

    सुरुमा नियमित हप्तामा दुई दिन उडान गर्दै आएको नेपाल एयरलाइन्सले यात्रुको चाप बढेकाले तीन दिन पुर्‍याएको थियो अहिले त्यसलाई पनि बढाएर सातै दिन पुर्‍याएको जनाएको छ।

    लामाका अनुसार अब हप्तामा सातै दिन अर्थात् दैनिक उडान तालिका तयार गरेको जनाएका छन्। मंसिर महिनाको पहिलो साताबाट हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार एयरलाइन्सले उडान भर्दै आएको थियो।

    असोज १९ गतेबाट नेपाल एयरलाइन्सको १८ सिटे जहाजले दाङ-काठमाडौ हवाई सेवा दिइरहेको छ।  एयरलाइन्सले काठमाडौबाट भैरहवा हुँदै दाङ- दाङ-भैरहवा -काडमाडौ उडान भर्दै आएको छ। काडमाडौं दाङका लागि ६ हजार ७० रुपैयाँ र दाङबाट काठमाडौका लागि ५ हजार आठ सय ८० रुपैयाँ भाडा तोकेको छ।

    दाङमा नियमित हवाई सेवा सञ्चालन भएदेखि जिल्लाबासी हवाई सेवा लिन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ। विमान स्थलमा इन्धनको समस्या देखिए पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले टरिगाउँमा अस्थायी इन्धन डिपो स्थापना गर्ने तयारी समेत गरिरहेको जनाएको छ।

    तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको छ। अहिले सम्म सबैले हवाई टिकट समेत नपाइरहेको अवस्थामा दैनिक उडान भए सर्वसाधरणले पनि हवाई सेवा उपभोग गर्न पाउने विश्वास समेत गरिएको छ।

    ठूलो पहल र समन्वयनले दैनिक उडान भर्न सुरु गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए। कदैनिक हवाई सेवा सुरु हुने भएपछि स्थानीय खुसी भएका छन्। दैनिक उडानले तुलसीपुरलाई आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्ने विश्वास समेत गरिएको छ। २०११ सालमा स्थानीय झक्कुप्रसाद आचार्यले सञ्चालनमा ल्याएको एरपोर्ट र हवाइ सेवा पटकपटक बन्द हुँदै सञ्चालन हुँदै आइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij