मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आमाले तरकारी खेती गरि पढाएको छोरो जिल्लाकै पहिलो ‘ पाइलट ‘ बने ।

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • घरको आर्थिक अवस्था सहज नहुदा नहुदै पनि बाबुले तरकारी खेति गरेर पढाएका छोरी अहिले पाइलट बनेर आकासमा जहाज उदाउदैछन। नेपाली सेनाको हवल्दारबाट रिटायर भएका बाबु प्रेम बहादुर डाँगी गाउँमै खेती गर्थे । सानै देखि पढाइमा अब्बल रहेका विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्दै आएका छोरा लाइ जिल्लाकै पहिलो पाइलट बनाउने लक्षमा साथ दिने बाबुले केहि कसर छोडेनन् । सानै देखि पाइलट नै बन्ने सपना बुन्दै कडा मेहेनत गर्दै अघि बढी नै रहे। अरुले खिल्ली उदाउदा समेत विचलित नबनेका उनले अन्तत रोल्पा जस्तो ठाउको भएर पनि आफ्नो लक्ष्य चुम्न सफल भए ।

    ति पाइलट हुन्, शिव डाँगी । उनि रोल्पाकै पहिलो पाइलट हुन् । रोल्पा नगरपालिका–२ थलिवाङमा बुबा प्रेमबहादुर डाँगी र आमा शोभा डाँगीबाट २७ वर्षअघि जन्मिएका शिव डाँगी अहिले बुद्ध एयरको पाइलट बनेर नेपाल तथा भारतका आकाशमा दैनिक जसो जहाज उदाउने गर्छन । आफ्नो सपना पुरा गर्न कडा मेहेनत गरेका शिब डाँगी ले कक्षा १० सम्म रोल्पाको तुलसी आवासीय माविमा पढाइ गरे भने उच्च माविको पढाइ काठमाडौबाट पूरा गरे । सन् २०११ देखि फिलिपिन्सको मनिलामा फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष शुरु गरेका थिए।

    पाइलट बन्ने लक्ष्य साथ पढाइ सुरु गरेक शिबले सुरु गरेको पाइलट पढाउने कलेज बाट समेत धोका खाए। पहिलो कलेज बन्द भएपछी उनले दोश्रो कलेज खोजे। करिब ३२ लाख खर्च गरिसकेका उनले दोश्रो कलेज फास्ट एडिएसन एकेडेमीबाट आफ्नो पाइलट बन्ने सपनाको कोर्ष पूरा गरे। आफ्नो सपना पुरा गर्न फिलिपिन्समा आठ वर्ष पढाइ गरेका इनले त्यही जहाज चलाउन शुरु गरे । उनै शिब डाँगी आफ्नो देशको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल फर्के। अहिले उनि बुद्ध एयरको जहाज उदाइरहेक छन् । नेपाल तथा भारतका आकासमा जहाज उडाउने उनले आफ्नो लक्षमा अडिग रहेर काम गरे सफल भइन्छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छन्।

    नेपाली सेनाबाट रिटायर बाबु प्रेमबहादुर डाँगीको पेन्सन १६ हजारले घर खर्च समेत मुल्किल थियो । तिक्ष्ण पढाईका कारण कक्षा १२ सम्मको छात्रवृत्तिमा अध्ययन गरे पनि उनको फिलिपिन्सको पढाइको खर्च भने धेरै लागेको परिवारले बतायो । छोराकै सपना पुरा गर्न आमाले रातदिन नभनी तरकारी बिक्री गर्थिन् जसबाट मासिक रु ५० हजार भन्दा बढी आम्दानी हुन्थ्यो । तरकारी खेति र बिक्रि गर्नु नै छोरालाइ पढाउने आधार बन्यो। कहिले पनि प्रथम को अलाबा दोश्रो बन्न नजानेका शिबको सपना पाइलट बन्ने सुन्दा छिमेकीलहरु खिसी उडाउने गरेको आमा शोभाले बताइन।

    शिब लाइ तरकारी खेति बाट कमाएको पैसा र केहि जग्गासमेत बेचेर पाएको पैसाले पाइलट बनाउन सफल बनेको उनको आमाबाबुले बताए । शिबले पुरै कोर्ष पूरा गर्दा एक करोड जति खर्च लागेको आमा शोभाले भनिन् । उनी आमाका अर्का कान्छो छोरा कृष्ण डाँगीले काठमाडाँैमा इञ्जिनीयर पढिरहेका छन् । आफ्नो तरकारी खेतीबाटै एक छोरालाई पाइलट, अर्को लाइ इञ्जिनियर पढाउन सकेकोमा गर्व मान्छिन ति आमा।

    नेपालकै दुर्गम रोल्पा जस्तो ठाउबाट निस्केका शिव रोल्पाकै पहिलो पाइलट बनेर आकाशमा उडिरहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका शिवको सानैदेखि लिएको अविचलित लक्ष्यका कारण सफल भएका छन् । खासै ठुलो आम्दानि समेत नभएको उनको परिवारले तरकारी खेतीकै सहारामा उनलाई पाइलट बनाउन सफल भएका छन् । हिजो खिसी गर्ने हरु अहिले उनी शिव डाँगीलाई रोल्पाको एक मात्र पाइलट भनेर हाइहाई गर्ने गरेका छन् । उनि पढेका तुलसी आवासीय माविले समेत शिव डाँगीलाइ उदाहरण का रुपमा प्रस्तुत गर्ने गरेका छन्।

    दश वर्षे सशस्त्र युद्धबाट सबभन्दा बढी प्रभावित बनेको रोल्पाका अधिकांश युवाहरु पढ्दापढ्दै कमाउन खाडी मुलुक जान बाध्य भए । तर उही ठाउका शिब जसले सपना बोकेर निरन्तर आफ्नो बाटोमा लम्की रहे निरन्तर कडा मेहेनत गरिरहे अहिले उनि रोल्पा कै पहिलो पाइलट बन्न सफल बने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij