मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पत्रकार महासंघको घुम्ती अन्तरक्रिया, सरकारसंग बिकास माग्दै राजपुर महतिनीका वासिन्दा

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • शिबराज पन्थी
    देउखुरी, १२ पुस । हालसम्म मट्टितेलको टुकी, सल्लाको दियालो वा आकाशको जून वाहेक हामिलाई उज्यालो बाल्ने कुनै साधन भएन, रोल्पाको जुँगारबाट ३१ बर्ष पहिले बसाइसराई गरि राजपुरको दुर्गम बस्ति महतिनीखोलामा आएका ८५ बर्षिय बृद्ध लोकबहादुर पुनले भन्नुभयो ।

    राजपुर ५ महतिनीखोला निवासी गंगा केसी र सोही ठाउँ निवासी बमकुमारी बिष्टले अध्यारोमै जिवन बित्ने बिषयमा गाउँपालिकाका प्रमुख र पत्रकार महासंघको टोलीसंग चिन्ता ब्यक्त गर्नुभयो ।

    त्यसो त सोहि गाउँमै बसोवास गर्ने दियालो आमा समुहका अध्यक्ष सिता बुढा, लक्ष्मीप्रसाद बुढा, खिमबहादुर राना,मानकुमार राना र गणेश पुनले पनि गाउँमा बिजुलीबत्ति नभएर अध्यारोमा दिनचर्या वितेको र कुटान पिसानगर्न समस्या भएको, टावर नभएर डेढघण्टा पैदल जंग्रहवामा फोनगर्न जानुपरेको, स्वास्थ्यचौकी र स्वयंसेविका समेत नभएर गाउँलेहरुले अकालमै ज्यान गुमाउनु परेको वाध्यता सुनाउनु भयो ।

    राजपुर गाउँपालिकाको बिकाशका लागि संचारमाध्यम र पत्रकारहरुको भूमिका बिषयक छलफलको कार्यक्रम लिएर राजपुरको दुर्गम गाउँ महतिनीखोला पुगेको पत्रकार महासंघको टोली र राजपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडाअध्यक्षसंग बुधवार दिनभर गाउँलेहरुले आफ्ना दुखेसाहरु मात्र पोखे ।

    पत्रकार महासंघले आफ्नो गाउँमा आएर पहिलोपटक राखेको कार्यक्रममा गाउँपालिकाका प्रमुख र पत्रकारहरुलाई ईंकित गर्दै यहाँको आवश्यकताबारे ढुंगा बोलिरहेछ, माटो बोलीरहेछ, तपाइहरु आउँदा बाटो बोलीरहेछ र तपाइहरुले खाएको आटो बोलिरहेछ–स्थानिय सामाजिक अभियन्ता हिरा बुढाले भन्नुभयो ।

    बाटोघाटो छैन, गाउँका मान्छे बिरामी परेभने डोको वा खटियामा बोकेर लैजानु बाहेक अरु बिकल्प छैन–उहाँले दुखेसो पोख्नुभयो ।

    हाम्रो गाउँलाइ अध्यारोबाट मुक्त गरि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र खोला नियन्त्रणका लागि बजेट हाल्न उहाँले गाउँपालिकासंग आग्रह गर्नुभयो । यस गाउँमा न कसैले मदिरा खान पाउँछ न त बेच्न नै, यसो गरिएको पाएमा हामी कडा कर्वाही गर्छौं– गाउँलाई २०५५ सालदेखि नै मदिरामुक्त गाउँ बनाउन अभियानमा खटेका अभियन्ताहरु हिरा बुढा र रामकुमारी बुढाले भन्नुभयो ।

    पत्रकार महासंघ दाङको टिमसंग २ दर्जनबढी पत्रकारहरु आफ्नो गाउँमा पहिलो पटक आएको भन्दै कार्यक्रममा सहभागि स्थानीयहरुले दिनभर आफ्ना समस्याहरु सरकारका निकायहरुलाई पुर्याइदिन पत्रकारहरुलाई आग्रह गरे ।

    कार्यक्रममा एकसय बर्षिय बृद्धा पिमा राना र ८५ बर्षिय लोकबहादुर पुन समेतले दिनभर पत्रकार र गाउँपालिका संग आफ्ना समस्या राख्नुभयो ।

    नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले ठुलो भू–भाग भएको राजपुर गाउँपालिकामा मैदान, खोला र नाका गरि तिन तहको वस्ती भएकोले सडक र संचारको प्राथमिकता गाउँपालिकाको पहिलो अभियान रहने बताउनु भयो ।

    महतिनी खोलाको बस्तीमा विद्युत्त विस्तारगर्न यसबर्षको बजेटबाट ४७ वटा विद्युत्तका पोल गाडिएको र आगामी बर्षसम्म गाउँ उज्यालो हुने बिश्वास दिलाउनु भयो ।

    संचारको समस्या बढी भएको राजपुर गाउँपालीकाका दुर्गम बस्तिहरुका लागि नेपाल टेलीकमका ३ वटा रिपिटर टावर राख्न गाउँपालिकाबाट पहल भएको र सो को सर्भे समेत भैसकेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पत्रकार महासंघको कार्यक्रमले राजपुरको बिकासकालागि टेवा पुग्ने अपेक्षा राख्दै नाका क्षेत्रमा भारतिय एसएसबि को ज्यादति हुने गरेकोले सिमासुरक्षा वल राख्न सरकारको ध्यानाकर्षणका लागि भुमिका खेल्न पत्रकारहरुसंग अनुरोध गर्नुभयो ।

    कार्यक्रममा राजपुर गाउँपालिका वडानं. ५ का वडाअध्यक्ष नरेन्द्रसिंह भण्डारी, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष सुदिप गौतम, प्रदेश पार्षद महेश रिजाल, स्थानीय सामाजिक अगुवाहरु हिरा बुढा, गंगा केसी,बमकुमारी बिष्ट, सिता बुढा, लक्ष्मीप्रसाद बुढा, लगायतले बोल्नुभएको थियो । जनज्योति प्रावी महतिनीका निमित्त प्रधानाध्यापक जोगराज यादवले त्यहाँका समस्याहरु सहितको पृष्ठभूमी झल्कीने मागपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासंघका सचिव भुपेन्द्र वलीले गर्नुभएको थियो । यसैविच पत्रकार महासंघको टोलीले सो गाउँमा विगतमा निर्मित बिकास निर्माणका विभिन्न योजनाहरुको समेत अनुगमन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij