मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दहेज प्रथा कानूनी अपराध हो

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • विराटनगर, १२ पुस (रासस) । प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले दहेज प्रथा कानूनी अपराध हो भन्नु भएको छ । दाइजोविरुद्धको १० दिने अभियानअन्तर्गत विराटनगरमा इस्लामी सङ्घ नेपालद्वारा आज आयोजित दाइजो प्रथा समाजमा यसको प्रभाव तथा कारण र निवारण विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले दाइजोको विरुद्धमा महिला पनि अघि सर्नुपर्ने बताउनुभयो ।

    प्रदेश प्रमुख तुम्बाहाङले समाजमा विकृतिको रुपमा विकसित हुँदै गएको दहेज प्रथालाई रोक्न शिक्षा र सचेतना कार्यक्रम आवश्यक छ भन्दै तराईमा दहेज प्रथाले विकराल रुप लिएकोमा चिन्ता व्यक्त गर्नुभयो । छोराछोरीलाई समान रुपमा हेर्ने दृष्टिकोण बनाउनुपर्छ अनि मात्र असल समाज बन्ने उद्घोष गर्दै प्रदेश प्रमुख तुम्बाहाङले दाइजोको कारण महिलामाथि हुने हिंसा जघन्य अपराध हो भन्नुभयो ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुसलमान समुदायमा पनि दहेज प्रथा चल्नु इस्लाम धर्मको खिलाप हो भन्नुभयो । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले दहेज लिनु र दिनु दुबै गैरकानूनी काम भएकाले यसलाई समयमै रोक्न सक्नुपर्छ भन्नुभयो ।

    प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले छोरी पढाउ र छोरी बचाउ अभियानले दहेज प्रथालाई केही हदसम्म नियन्त्रण गर्ने कुरामा जोड दिनुभयो ।

    आयोजक सङ्घ प्रदेश नं १ का अध्यक्ष मौलाना जुल्फकर अलीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुस्लिम अगुवा रिजवान अन्सारी, मौलाना गुलाम रसुलले इस्लाम धर्ममा दहेज लिनु भनेको पाप गर्नु सरह हो भन्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij