मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पिपिआर रोगका कारण एकसय भेडाबाख्रा मरे

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • बैतडी, १२ पुस (रासस) । बैतडीको दुर्गम सिगास गाउँपालिकाका किसानले पालेका भेडाबाख्रामा पिपिआर रोग महामारीका रुपमा देखा परेको छ ।

    गएको दुई हप्तायता सिगासमा पिपिआर रोगबाट १०० बढी भेडाबाख्रा मरिसकेको पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु चिकित्सक एवं कार्यालय प्रमुख हरिदत्त भट्टले जानकारी दिनुभयो । सिगास गाउँपालिकाको वडा नं ७ मा यो रोग सबभन्दा बढी देखा परेको छ । पिपिआर रोगले भेडाबाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका स्थानीयवासी सुरेन्द्र साउँदले जानकारी दिनुभयो ।

    महामारीका रुपमा पिपिआर रोग देखा परेपछि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावित क्षेत्रका १० हजार भेडाबाख्रामा माहामारी रोग पिपिआरविरुद्धको खोप लगाउने कार्य गरिरहेको छ ।

    पिपिआर रोग लागि सकेपछि भेडाबाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने भएकाले प्रभावित क्षेत्रमा रहेका अन्य भेडाबाख्रालाई पिपिआर रोगको सङ्क्रमणबाट बचाउन १० हजार भेडाबाख्रामा उक्त खोप दिन लागिएको जनाएको छ ।

    पिपिआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन् ।

    पिपिआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो यो । यसको रोकथामका लागि पिपिआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij