मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आगलागीबाट रु सात लाख क्षति

  • प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५



  • राजविराज, १३ पुस (रासस)  सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब सात लाख मूल्य बराबरको क्षति भएको छ ।

    जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित सूर्यनारायण चौधरीको राइस मिलमा आगलागी हुँदा निजको मिलमा रहेका काठको दाउरा र मेशिनहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

    काठको दाउरा, मेशिन र केही फर्निचरका सरसमान जलेर करीब रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भने खुलेको छैन ।

    यस्तै सप्तरी विष्णुपुर गाउँपालिका–७ मा आगलागी हँुदा करीब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी रामनारायण रामको एकतल्ले कच्ची घरमा अचानक विद्युत् तार सर्ट भई आगलागी हुँदा निजको एउटा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीमा परी रामले पालेका खसी, गाई र बाछा गरी तीन वटा चौपाया जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

    यसैबीच दुवै ठाउँको आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिप्रकाले जनाइएको छ ।

    छ सय कुखुराको चल्ला नष्ट

    सप्तरी डाक्नेश्वरी नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका कुखुराको चल्लालाई नष्ट गरिएको प्रहरीले आज जनाइएको छ ।

    भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याएको ६०० कुखुराको चल्ला डाक्नेश्वरी नगरपालिका–३ तरहीबाट प्रहरीले बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, पातोले जनाएको छ ।

    भारतबाट चल्ला ल्याउने व्यक्तिले प्रहरीलाई देखेपछि चल्ला छोडेर फरार भएको प्रहरीले जनाइएको छ । बरामद भएको चल्लालाई स्थानीय वडाध्यक्ष, भरभालादमी, प्रहरी र पत्रकारको रोहवरमा खाल्डो खनी नष्ट गरिएकोछ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij