मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सर्लाहीका जंगलमा डढेलोको प्रकोप बढ्यो

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५



  • सर्लाही, पुस १४ । देशका विभिन्न ठाउँमा शृंखलाबद्धरुपमा आगोलागीका घटनाहरु बारम्बार भइरहँदा केही महिनायता सर्लाहीका वनजंगलमा पनि दैनिकजसो आगोलागी भइरहेको छ ।

    दिनहुँजसो आगोलागी भइरहे पनि सम्बन्धित निकायहरुले खासै चासो नदिँदा यस्ता घटना रोकिएका छैनन् । जसले प्राकृतिक सम्पदाको ठूलो क्षति भइरहेको छ ।

    सर्लाहीमा केही महिनादेखि साँझपख दैनिकजसो वनमा आगो लागिरहेको देखिन्छ । तरपनि यसतर्फ नियमन र निगरानी नराख्दा बारम्बार यस्ता घटना भइरहेका छन् ।

    हरियो वनमा आगो लाग्दा एकातिर वन्यजन्तुको क्षति भइरहेको छ भने अर्कोतिर लाखौंको संख्यामा जडीबुटी र बोटविरुवाहरु ध्वस्त भइरहेका छन् ।

    पारिस्थितिक प्रणालीको अनिवार्य शर्त मानिने वनजंगलको संरक्षणका लागि राज्यबाट वर्षेनि करोडौंको लगानी भइरहेको छ । तर, बारम्बार वन–जंगलमा डढेलो लागिरहको विषयलाई भने त्यति गम्भीरताका साथ हेरिएको पाइँदैन ।

    उता, लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्का भने आफूहरुले यसतर्फ ठोस कदम चालिरहेको दाबी गर्छन् ।

    सतर्क रहँदा–रहँदै पनि कहिले–काहीँ आगोलागी हुनु त स्वाभाविक नै हो । तर, महिनौंदेखि दैनिकजसो आगोलागी हुनुले भने नियोजितरुपमै भइरहेको शंका उब्जेको छ ।

    घाँस–दाउरा गर्न जानेहरु तथा वस्तुभाउ चराउने गोठालाहरुको लापरबाहीबाट पनि जंगलमा आगोलागी भइरहेको हुन्छ । त्यस्तै, कतिपयले शिकार गर्ने निहुँमा पनि आगो लगाइरहेका हुन्छन् ।

    तर, यसतर्फ कडा निगरानी र कारबाहीको पहल भने भएको देखिँदैन ।

    विनाशको कारककारुपमा रहेको आगोलागी सबै मिलेर नियन्त्रणमा लिनुपर्ने डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवको सुझाव छ ।

    वनको संरक्षण गर्ने विभिन्न निकाय र समितिहरु छन् । त्यस्तै, हरेक गाउँगाउँमा स्थानीय सरकार भएका छन् ।

    यी निकायले यस्ता आपराधिक र छाडा गतिविधिप्रति निगरानी र नियमन नगरे ‘हरियो वन नेपालको धन’ उखानमै सीमित हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij