मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

माघे सङ्क्रान्ति मेलाको तयारी

  • प्रकाशित मिति : आइतवार, पुस १५, २०७५



  • चितवन, १५ पुस (रासस) । हरेक वर्ष झैँ यस वर्षको माघे सङ्क्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटमा हुने मेलाको तयारी थालिएको छ ।

    देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन तयारी गरेको हो । समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी अगाडि बढाइएको छ ।

    मेला व्यवस्थापनका लागि, सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, ट्राफिक जस्ता विभिन्न उपसमिति गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको आजबाट मर्मत थालिएको छ । समितिका अध्यक्ष पौडेलले माघे सङ्क्रान्तिको आसपासका ३६ घण्टामा पाँच लाख भक्तजन आउने अनुमान गरिएको बताउनुभयो ।

    पुस मसान्तको राति करिब दुई लाख भक्तजन देवघाटमा बस्ने गर्दछन् । नेपाल र भारतका विभिन्न ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । माघे सङ्क्रान्तिका दिन देवघाटधाममा स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाट त्रिशूली र कालीगण्डकी नदीको पनि सङ्गमस्थल हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij