मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’

  • प्रकाशित मिति : सोमवार, पुस १६, २०७५



  • काठमाडौँ, १६ पुस (रासस) ः बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताउनुभएको छ ।

    पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उहाँहरुले हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण देशमा दिनानुदिन क्रिश्चियन बढदै गएको विचार राख्नुभयो ।

    कार्यक्रममा इतिहासविद् डा सुरेन्द्र केसीले बहुसङ्ख्यकको नाममा आफ्नो धर्म लाद्नेभन्दा पनि सबै जनतालाई समान व्यवहार गर्न सकेमा मात्र नेपाल साँचिक्कै एकीकरण हुने जिकिर गर्नुभयो ।

    बौद्ध, मुस्लिम, मधेशी, किराँत, तामाङ आदि समूहजस्ता जनतालाई समान व्यवहार हुन नसकेको तथा विभेद् भएको कारण नै राजतन्त्र समाप्त भएको र ९० प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएर पनि यो धर्म सङ्कटमा परेको डा केसीको तर्क थियो । उहाँले भारतमा प्रतिवर्ष ६ हजार तथा चीनमा प्रतिवर्ष १० हजार चर्च थप्दै गएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

    डा केशरबहादुर भण्डारीले सन् १९५० को नेपाल–भारत सन्धिपछि नेपालमा सुरक्षा चुनौती आएको बताउनुभयो ।

    वरिष्ठ पत्रकार प्रेम कैदीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेपालको एकीकरण भएका कारण नै हामी नेपाली भई बाँच्न पाएका छौ भन्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij