मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पूर्वराज्यमन्त्री शर्माको निधन

  • प्रकाशित मिति : सोमवार, पुस १६, २०७५



  • काठमाडौँ, १६ पुस (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षका उमेरमा आज निधन भएको छ ।

    राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहनुभएकी शर्मा कलेजो र मिर्गाैलाको समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । शर्माका श्रीमान्, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ ।
    पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।

    शर्माको निधनमा केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उहाँको निधनबाट पार्टी र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ । त्यसैगरी पार्टी केन्द्रीय सदस्य शर्माको असामयिक निधनमा शोक जनाउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सबै तहका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र कुनै औपचारिक काम नगरिने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij