प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५
महोत्तरी – गौशाला नगरपालिकाको जग्गा अतिक्रमण गरी व्यक्तिगत रुपमा मन्दिर निर्माण गर्न खाजेपछि नगरपालिकाले निर्माणाधिन मूर्तिलाई हटाइदिएको छ ।सोमबार दिउँसो गौशाला नगरपालिका ४ बिर्तास्थित नगरपालिकाले जग्गा भवनको लागि खरिद गरेको जग्गामा स्थानीय लालेन्द्र साहले हनुमानको मूर्ति र त्यहाँ रहेको फुसको घरलाई पक्की घर बनाउन खोजेपछि नगरपालिकाले डोजर लगाएर फुसको घर र मूर्ति हटाएको हो ।
यसभन्दा अगाडि पनि बारम्बार मौखिक तथा लिखित रुपमा त्यहाँबाट मूर्ति र घर हटाउन भनेता पनि ललेन्द्र साहले हट्न नमानेर अतिक्रमण गर्न खोजेपछि डोजर लगाउनुपरेको गौशाला नगरपालिका ४ का वडाअध्यक्ष रामबाबु साहले जानकारी दिनुभयो ।नगरपालिकाले त्यस स्थानमा कार्यपालिकाको भवन निर्माण गर्नका तयारी गरेको अवस्थामा रहेको सन्दर्भमा बारम्बार त्यस स्थानबाट जग्गा खाली गर्नका लागि गरिएको अनुरोधलाई अटेरी गरेपछि हटाइएको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । नगरपालिकाले आउँदो माघ १ गते भवन निर्माणको शिलान्यास गर्ने नगरप्रमुख महतोले जनाउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij