मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कर्मचारीदेखि गाउँपालिका प्रमुखसम्म एउटै कोठामा

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • खोटाङ, १७ पुस (रासस) ः एउटा लामो टहरोभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । कर्मचारीदेखि जनप्रतिनिधिहरू जनतालाई सेवा प्रत्येक दिन त्यही टहरोमै लहरै बसेका हुन्छन् । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसक्दा पनि यहाँ यो क्रम यथावत छ ।

    देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशका कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत भएपनि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदूर दक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाका भने अझैसम्म टहरोमै गुजारा गर्दै आएको छ, त्यो टहरो पनि पनि एक स्थानीय विद्यालयको स्वामित्वको हो ।
    स्थानीय बालकन्या आधारभूत विद्यालयले उपलब्ध गराएको एउटा टहरोभित्र स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटै कोठा भएको उक्त टहरोभित्र दर्ता चलानी शाखादेखि प्रमुख बस्नेसम्मको ठाउँ लहरै छ ।

    टहरोभित्र लहरै राखिएका टेबलकुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत आदि ।

    यसैगरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य बस्ने ठाउँ पनि छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत कार्यसमितिका पदाधिकारी बस्ने ठाउँ त अन्य कर्मचारी बसिसकेपछि बाँकी रहेको कुर्सी हो । बस्नै मन लागे लहरै राखिएको बेञ्चमा बस्नुपर्ने बाध्यता छ ।

    यस्तो स्थितिका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भन्नुभयो, “तत्कालका लागि अस्थायी रुपमा विद्यालयले दिएको टहरोबाट सेवा प्रवाह गरिरहेका छौँ । अब चाँडै नै आफ्नो व्यवस्थित भवन बनाउन लागिरहेका छौँ ।” उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको र यही आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी गरिएको छ । भवन निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहरोबाट सबै प्रकारका सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत असहज भएको बताउनुभयो । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको उहाँको भनाइ थियो । सेवाग्राहीका लागि एउटै कोठाबाट गाउँपालिकाको सबै सेवा लिन सहज भए पनि कर्मचारीका लागि भने असहज भएको छ । कार्यालयको कतिपय सूचना गोप्य राख्नुपर्ने भएकाले एउटै कोठामा काम गर्दा असहज भएको सम्बद्ध कर्मचारीले बताए ।

    भवन निर्माणका लागि बजेट विनियोजन गरिएको र जग्गा पनि निःशुल्क प्राप्त भएकाले यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिने गाउँपालिकाले जनाएको छ । भवनका लागि सर्वेक्षण र नक्सानको काम भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij