मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

माछामा मुलुक आत्मनिर्भरतर्फ

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • काठमाडौँ, १७ पुस (रासस) ः केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको माछाको परिणाम क्रमशः घट्दै जान थालेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष माछा उत्पादन बढ्दै गएको हो ।

    आर्थिक वर्ष २०७०÷७१ मा ६४ हजार ९०० मेट्रिक टन उत्पादन भएको माछा आव २०७४÷७५ मा आइपुग्दा ८६ हजार ५४४ मेट्रिक टन उत्पादन भएको हो । जुन उत्पादन चार वर्षको समयमा झण्डै २० हजार मेट्रिक टन बढी हो । विदेशी मुलुकबाट आयात हुने माछाको क्रम भने घटेको छ । आव २०७०÷७१ मा १२ हजार ८६९ मेट्रिक टन आयात भएकामा आव २०७४÷७५ मा १० हजार ७५६ मेट्रिक टन आयात भएको छ । जुन आयात क्रम चार वर्षमा दुई हजार मेट्रिक टन कमी हो ।

    केन्द्रका सूचना अधिकारी सुमित्रा लौडारी नेपालमा माछापालन व्यवसायमा कृषकको आकर्षण बढेको बताउनुहुन्छ । “माछापालन पोखरी खन्न गाह्रो भएपनि धेरै जनशक्ति नलाग्ने र धेरै आम्दानी हुने भएकाले धेरै कृषक यस पेशाप्रति आकर्षित भएको देखिन्छ,”–उहाँ भन्नुहुन्छ । विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति २८ किलो माछा खाने गरेपनि नेपालमा उत्पादित माछाले वार्षिक ३ दशमलव ०१ किलोग्राम मात्र उपलब्ध हुने गरेको छ । अल्पविकसित मुलुकमा भने प्रतिव्यक्ति वार्षिक ११ किलोग्राम माछा प्रयोग हुँदै आएको छ ।

    केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्ले नेपालमा माछाको उत्पादन वृद्धिका लागि केन्द्र र प्रदेशले विभिन्न कार्यक्रम ल्याएको बताउनुहुन्छ । नेपाललाई सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पु¥याउन माछापालनसम्बन्धी विभिन्न कार्यक्रम ल्याउन लागेको छ ।

    नेपालमा हाल प्रयोग हुँदै आएको माछामध्ये ८० प्रतिशत स्वदेशमा र २० प्रतिशत विदेशी मुलुकबाट आयत हुने केन्द्रले जनाएको छ । राजधानी काठमाडौँमा प्रयोग हुने माछा ६५ प्रतिशत भारतबाट तथा ३५ प्रतिशत नेपालकै विभिन्न स्थानबाट आयात गरिन्छ ।

    नेपालको तराईमा माछा अत्यधिक मात्रामा उत्पादन हुन्छ । सिरहा, धनुषा, चितवन, कैलाली, मकवानपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा धेरै माछा उत्पादन हुँदै आएको छ ।

    नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा हाल २३२ प्रजातिका माछा पाइन्छ । त्योमध्ये ११ प्रजातिका माछालाई व्यावसायिकरुपमा पालन गरिएको छ । कमनकार्प, विगहेडकार्प, सिल्भरकार्प, ग्रासकार्प, रहुकार्प, नैनीकार्प, भाकुरकार्प, टिलापिया, माङ्गुर, पङ्गास, जलकपुर, असला र ट्राउटलाई व्यवसायिक रुपमा पालन गरिएको छ ।

    नेपालमा पाइने विभिन्न किसिमका माछामध्ये ट्राउट माछा चिसो पानीमा पाईने र महँगो मूल्यमा बिक्री हुने माछा हो । ट्राउट माछा नेपालको स्तरीय होटलमा प्रयोग हुँदै आएको केन्द्रले जनाएको छ । नेपालका तारे होटलमा प्रयोग गर्नका लागि तेस्रो मुलुकबाट समेत माछा भित्रिने गरेको छ । माछाको उत्पादनलाई बढाउन देशभर केन्द्रसहित १३ वटा फार्म सङ्लग्न रहेका छन् ।

    यीबाहेक विभिन्न जिल्लामा जिल्ला कृषि विकास कार्यालयमा मत्स्य विकास अधिकृत र थप केही जिल्लामा प्राविधिक सहायकमार्फत काम भइरहेको छ । माछाको विकास र विस्तारका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत नौ वटा अनुसन्धान केन्द्र स्थापना गरी माछाको अध्ययन तथा अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।

    केन्द्रले किसानलाई प्राविधिक सेवा दिने पोखरी निर्माण, एरियटर (माछाको पोखरीमा अक्सिजन वृद्धि गर्ने मेशिन), ह्याचरी (भुरा उत्पादन गर्ने ठाउँ) निर्माणमा अनुदान सहयोग गरिरहेको छ ।

    चालू आर्थिक वर्षमा मात्र ह्याच्लीङ, फ्राई र फिंगलिङ नामका माछाका भुरा बिक्रि गरेर रु तीन लाख ६९ हजार ९६५ राजश्व सङ्कलन भएको सूचना अधिकारी लौडारीले बताउनुभयो । केन्द्रले हाल माछापोखरीमा रहेका १४ पोखरीबाट भुरा तथा माउ उत्पादन गर्दै आएको छ ।

    नेपालको कुल ग्रार्हस्थ्य उत्पादनको एक प्रतिशत माछा क्षेत्रको योगदान रहेको छ भने कुल रोजगारमा तीन प्रतिशत रोजगार दिएको छ । नागरिकले पोषणको महत्व बुझ्दै गएको वर्तमान अवस्थामा स्वस्थ माछाको उपलब्धतामा कमी रहेको केन्द्रले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij