शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चिकेन फ्राइमा निस्कियो अरु केही, जसले होस उडायो

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौं। विश्वभरका धेरैजसो मानिसहरु रेस्टुरेन्टमा गएर विभिन्न किसिमका चिकेनका परिकारहरु खाने गर्छन् । कसैका घरमा अर्डर गरेकै भरमा चिकेन आइटम पुग्छ ।

    अब सोच्नुहोस, खाइसकेपछि चिकेनको साटो अर्को कुनै अजीब कुरा आफूले खाएको थाहा पाउनु भयो भने तपाईंको अवस्था कस्तो होला ? सायद तपाईंको होस नै उड्ला ।

    पोपेएस विश्वभर आफ्नो फ्राइ चिकेनका लागि प्रख्यात छ । कयौं देशमा मानिसहरु दैनिकजसो यसका चिकेन आइटम खान रेस्टुरेन्ट पुग्छन् ।

    तर अमेरिकाकी एक महिला र उनको परिवारका लागि केही दिनअघि फ्राइ चिकेन खाना कुनै डरलाग्दो सपना भन्दा कम थिएन ।

    न्युयोर्कमा बस्दै आएकी रोजम्यारी थोमसले अन्य दिनको जस्तै रेस्टुरेन्टमा फ्राइ चिकेनको अर्डर दिएकी थिइन् । अर्डर गरेपछि आएको चिकेन खाने क्रममा उनलाई असहज महसुस भएको थियो ।

    खाँदा खाँदै फरक खालको गन्ध आएपछि जब उनले चिकेनतर्फ नियालेर नजर लाइन् उनको होस नै उड्न पुग्यो ।

    किन कि उनले खाँदै गरेर हातमा बोकेको चिकेन फ्राइमा मुसाको टाउको थियो । त्यसपछि उनीसँगै रेस्टुरेन्टमा चिकेन फ्राइको स्वाद लिइरहेका अन्य मानिस पनि तर्सिन पुगे ।

    त्यसपछि मात्रै मानिसलाई थाहा भयो कि चिकेन फ्राइको नाम दिएर मुसाको मासु खुवाइरहेको कुरा थाहा हुन पुगेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij