मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

केसी पुगे इलाम

  • प्रकाशित मिति : बुधबार, पुस १८, २०७५



  • काठमाडौं, पुस १७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्रा. डा. गोविन्द केसी १६औंपटकको सत्याग्रहका लागि मंगलबार पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन् ।

    संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्न मंगलबारसम्मको ‘अल्टिमेटम’ दिएका डा. केसी बुधबार (भोलि)देखि अनशन बस्ने गरी इलाम गएको उनका सहयोगीहरुले बताएका छन् ।

    डा. केसीको आन्दोलनका सहयोगी डा. अभिषेकराज सिंहले ट्वीटमार्फत् डा. केसी इलाममा अनशन बस्ने जानकारी दिएका हुन् ।

    गत साउन १० गते सरकारसँग भएको सम्झौता अक्षरशः पालना हुनुपर्ने र सोहीबमोजिम संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने अडानमा डा. केसी रहेका छन् ।

    तर, विधेयक संसदीय समितिबाट अघि बढ्न सकेको छैन ।

    सत्तारुढ दल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको स्वार्थले विधेयक अघि नबढेको आरोप पनि डा. केसीले लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij