मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डाक्टरले दुई युवकको पेटबाट निकाले टुथब्रश, निकै रोचक छ ब्रश पेटमा पुग्नुको कहानी

  • प्रकाशित मिति : बुधबार, पुस १८, २०७५



  • banner
    नयाँ दिल्ली। दिल्लीको एम्स अस्पतालका डाक्टरहरुलेअपरेशन गरेर २ जना युवकको पेटभित्रबाट दाँत माझ्ने ब्रश निकालेका छन् । ती दुई युवकले डाक्टरलाई टुथब्रश पेटमा पुग्नुको कारण बताउँदा डाक्टर नै दंग परेका थिए । टुथब्रश पेटमा पुगेर गम्भीर अवस्थामा पुगेका ती दुई युवकको अवस्था अहिले खतरामुक्त रहेको भारतीय मिडिया दैनिक जागरणले आफ्नो अनलाइनमा लेखेको छ ।

    समाचारमा जनाइएअनुसार एक बाबाका कारण उनीहरुको पेटमा टुथब्रश पुगेको थियो । बाबाको सल्लाहअनुसार ती दुई युवकले आफ्नो घाँटी भित्रसम्म ब्रशले सफा गरेका थिए । आफ्नो पेट खराब भएको भन्न्दै बाबाकहाँ पुगेका ती युवकलाई बाबाले यसरी ब्रशले सफा गर्ने सल्लाह दिएका थिए । बाबाको कुरा मानेर ती युवकले केही दिन यसैगरी घाँटीसम्म सफा गरे तर एक दिन अचानक ब्रश हातबाट चिप्लेर पेटमा पुग्यो । त्यसपछि उनीहरुको हालत निकै बिग्रियो र पेट फुट्नेसम्मको अवस्था आयो ।

    गम्भीर अवस्थामा उनीहरुलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरियो जहाँ डाक्टरले इण्डोस्कोपी गरेर दुवैको पेटबाट ब्रश निकाले । यी दुवैलाई एकैपटक नभइ दुई महिनाको फरकमा अस्पताल ल्याइएको थियो तर दुवैको समस्या भने एउटै थियो । उत्तर प्रदेशको आगराका गौरव नामका युवकलाई अक्टोबर र दिल्लीका आबिद नामका युवकलाई डिसेम्बरमा पेटभित्र दाँत माझ्ने ब्रस छिरेको उस्तै किसिमको समस्यासहित अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । यी दुवैलाई यस्तो सल्लाह दिने बाबा भने एउटै भएको र बाबालाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij