प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५
एजेन्सी। आजको आधुनिक समाजमा पनि महिलाका कैयौं आवाजहरु दबाइन्छन् । खासगरी यौन जीवनसँग सम्बन्धित कुराहरुमा महिलाहरु पूर्ण रुपमा स्वतन्त्र छैनन् । गर्भपतनको विषयमा महिलामा अझै पनि जागरुकताको कमी छ ।
एक अंग्रेजी वेबसाइटले पहिलेपहिले घरमै गर्भपतन गर्ने तरिकाहरुको बारेमा रिपोर्ट सार्वजनिक गरेको छ । ती तरिकाहरु निकै असुरक्षित थिए ।
१. केही ठाउँमा महिलाहरुले गर्भपतन गर्न आफ्नो गुप्तांगमा जुका राख्थे । जुकाले गर्भमा भएको भ्रुण खाने उनीहरुका विश्वास थियो ।
२. केही महिलाहरुले गर्भपतनको लागि निकै टाइट कपडा लगाउँथे ।
३. केही गर्भवती महिलाले गुप्ताँगमा साह्रो कुराहरु राख्थे । जसले गर्भमा भएको बच्चालाई नोक्सान गरेर गर्भपतन हुने विश्वास गरिन्थ्यो ।
४. गर्भपतनको लागि गर्भवती महिलालाई तर्साउने पनि गरिन्थ्यो । यस्तो गर्दा गर्भपतन हुने विश्वास थियो ।
५. केही महिलाहरु गर्भपतन गर्नको लागि आफैं सिंढीबाट लड्थे ।
६. गर्भवती महिलाहरु गर्भपतनको लागि कैयौं दिनसक्क भोकै बस्थे । गर्भमा भएको बच्चाले खान नपाएपछि गर्भपतन हुने विश्वास गरिन्थ्यो ।
७. गर्भपतनको लागि केही महिलाले पेटमा हथौडा वा यस्तै अन्य कुराहरुले हिर्काउने पनि गर्थे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij