मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काँटी उद्योग स्थापना

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५



  • बनियानी, पुस २० । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ ।

    कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका हुन् । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताए ।

    ‘कोरियामा पाँच वर्ष काम गरेँ,’ उनले भने, ‘त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।’ उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत ६ प्रकारका सामग्री उत्पादन गर्ने उनको लक्ष्य छ ।

    उद्योगमा हाल रु १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र रु चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए । उद्योगबाट उत्पादित काँटी रु ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ ।

    चापागाईंले भने, ‘मैले कोरियाको पानीजहाज बनाउने कम्पनीमा फलामसम्बन्धी काम गरेँ, त्यहाँ सिकेको सीप अहिले स्वदेशमा प्रयोग गर्दैछु ।’ उद्योग स्थापना गर्नुपूर्व भारतको कलकत्तामा कच्चा पदार्थ तथा समबन्धित उपकरणबारे जानकारी लिएको उनले बताए ।

    कोरिया छँदा आफूले मासिक रु तीन लाखसम्म कमाइ गर्ने गरेको बताउँदै उनले भने, ‘स्वदेश आएपछि पुनः एक पटक जाने सोच बनाएँ, भिसा पनि लाग्यो तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो ।’ मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो । उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन् ।

    स्नातकसम्मको अध्ययन पूरा गरेका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिने बताए ।

    उद्योगलाई विस्तार गर्ने योजनामा रहेका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरीद गरिसकेको बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij