मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

समाचार प्रकाशन गरेको विषयमा पत्रकार सम्मेलन

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५



  • मधु पौडेल , नेपालगंज ,बाके ,२०७५/०९/२० । समाचार प्रकाशनको विषयलाई लिएर बाके नेपालगंजमा शुक्रबार पत्रकार सम्मेलन भएको छ ।बाके नेपालगंजमा आफ्नो कार्यक्षेत्र बनाएर आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल विकास समाजले आफ्ना कार्यक्रमका बारेमा गलत र भ्रमक समाचार प्रकाशित गरेको भन्दै पत्रकार सम्मेलन गरेको हो ।

    नेपाल विकास समाजले बाके जिल्लाको डुडवा गाउँपालिका –६ हिरमिनियामा धारा जडान नगरेको भएता पनि नेपालका केही अनलाइन मिडियामा बाके जिल्लाको डुडवा गाउँपालिका अन्तरगत पर्ने हिरमियना –६मा धारा जडान गरेको विषयमा समाचार छापीएको हुदाँ समचारका विषयमा आफुले पटक–पटक समाचार निराधार भएको र समचारको खण्डनका लागि आग्रह गर्दा पनि सुनुवाई नभएको हुदाँ अन्तिम विकल्पका रुपमा पत्रकार सम्मेलनमा गर्न परेको समाजका प्रतिनिधि औबेद खानले बताए ।

    उनले भने,“हाम्रो संस्थाले डुडुवा गाउपालिकाको –६ हिरमिनियामा धारा जडानको काम नै नगरेको हुदाँ यसमा कसरी समाचार बनाइयो म अचम्म परको छु ।” उनले अगाडि भने,“यदी समाचारमा भने अनुसार सत्य सवित भएमा म नेपाल सरकारको कानुन बमोजिम कारवाही सजाय भोग्न तयार छु ” । नेपाल अधिराज्य भरि शिक्षा ,स्वास्थ्य ,समाजिक सदभाव लगाएतका विषयमा काम गर्दै आएको संस्थाले कुनै किसिमको शुल्क नलिने र गुणस्तरीय काम गर्र्दै आएको समाजले जनाएको छ ।

    समाजका बारेमा वताउदै नेपाल विकास समाजका सदस्य असलम हल्वाईले आफ्नो संस्था वि.स. २०६८ सालमा जिल्ला प्रसासन कार्यलय काठमाडौ , समाज कल्याण परिषदमा आवद्धता २०७०मा भएको र स्थायी लेखा न ६००७२२२१० लिई काम गर्दै आएको हुदाँ संस्थाले गर्ने गरेको कार्यक्रम तथा परियोजनाहरुमा आफ्नो संस्थाको लोगो टास गर्ने गरको हुदाँ संस्थाले कुनै पनि किसिमले उपभोक्ताहरु संग पैसा लिने तथा गलत काम नगरेको दावी गरेका छन

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij