शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वैज्ञानिकको भविष्यवाणीः यी प्रलयका यस्ता विनास

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • हुन त संसार सिद्धिने भविष्यवाणाी अहिलेसम्म धेरैले गरिसकेका छन् र यी तमाम दाबी झुटो साबित भइसकेका छन् । तर यसपटकको यो भविष्यवाणी वैज्ञानिकहरुले गरेका छन् । आज हामी तपाईंलाई ती दाबीका बारेमा जानकारी दिँदैछौं जसका अनुसार संसारमा चाँडै नै प्रलय आउँदैछ ।

    तहसनहस हुनेछ क्यालिफोर्नियाः
    अमेरिकाको तर्फबाट गरिएको जियोलोजिकल सर्वेक्षणका अनुसार अबको केही वर्षमा क्यालिफोर्नियामा ८ म्याग्निच्युडको भूकम्प आउन सक्छ । वैज्ञानिकले यो प्रलयलाई ‘बिग ओ’ नाम दिएका छन् । वैज्ञानिकको दाबी अनुसार अबको ३० वर्षभित्र लस एन्जलसमा आउने ये भूकम्पले पूरा शहरलाई तहसनहसन बनाउन सक्छ ।

    चिलीमा आउनेछ भूकम्पः
    सन् २०१४ को अप्रिलमा चिलीमा ठूलो भूकम्प आएपछि त्यहाँको नाजका प्लेटमा निकै उथल पुथल भएको बताइएको छ । वैज्ञानिकको दाबी अनुसार त्यहाँ छिट्टै नै ठूलो भूकम्पको झट्का लाग्नेछ ।

    अमेरिकाको इस्ट कोस्ट डुब्दैछः
    भर्जिनिया इन्स्टिच्युट अफ मरिन साइन्सका प्रोफेसर जोन बूनले भविष्यवाणी गरेका अनुसार सन् २०५० सम्म अमेरिकाको इस्ट कोस्टमा बसेको शहर डुब्नेछ । उनको अनुसार यसको सुरुवात सन् १९८७ बाटै सुरु भइसकेको छ । अध्ययनका अनुसार हरेक वर्ष पानीको स्तरमा ०.३ मिटर वृद्धि भइरहेको छ । यो हिसाबले सन् २०१५० सम्म त्यहाँका थुप्रै शहर डुब्नेछन् ।

    लाभामा डुब्नेछ जापानः
    जापानको टोहोकुमा आएको भूकम्पपछि यहाँ रहेको ११० एक्टिभ ज्वालामुखीमध्ये २० वटा भित्र निकै हलचल पाइएको छ । जापान मिट्रियोलोजिकल एजेन्सीका अनुसार यी ज्वालामुखीहरु कुनै पनि समय बिस्फोट हुनसक्छन् । यसमा माउन्ट फुजी बिस्फोट हुने सम्भावना सबैभन्दा धेरै छ ।

    क्यारीबियाईमा आउनेछ सुनामीः
    डा. सिमोन डे र डा. स्टिवनको भविष्यवाणीका अनुसार क्यानरी आइल्याण्डमा रहेको कुमब्रे विएजा ज्वालामुखी फुटेपछि क्यारिबियाले सुनामीको सामना गर्नुपर्ने हुन्छ । दुबैको दाबी अनुसार यो सुनामी ८ सय किलोमिटर प्रतिघण्टामा गतीमा आउनेछ । यसको पानीको उचाई १०० मिटरभन्दा माथि हुनेछ । यो सुनामीले फ्लोरिडाका साथै इंगल्याण्डलाई पनि तहसनहस पार्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij