शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भाइबरले सुरु गर्यो फ्रि भाइबर क्षेत्र

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौ   । अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यका भित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्तालाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधा उपलब्ध गराउन यो योजना अघि सारेको जनाएएको छ ।

    भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीलाई उनीहरुका फ्यान र फलोअरसँग पब्लिक च्याट मार्फत् सम्पर्क बनाइ राख्ने सेवा उपलब्ध गराएको जनाएको छ । यसका साथै भाइबरले नेपाली प्रयोगकर्तालाई उनीहरुकै नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकर समेत उपलब्ध गराएको छ । हालैमात्र भाइबरले नेपालका भाइबर प्रयोगकर्तामाझ विश्वका ५२ राष्ट्रहरुमा भाइबर आउट मार्फत् फ्रि कल गर्ने सुविधा प्रदान गरेर नेपाली प्रयोगकर्तालाई थप सेवा उपलब्ध गराएको हो ।

    असोज २२ गतेदेखि आरम्भ भएकोे फ्रि भाइबर क्षेत्रको नयाँ सेवा ५ वटा प्रख्यात स्थानहरु ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड– ताम्राकार हाउसको अगाडी) मा उपलब्ध हुने जनाइएको छ । सुबिसु केबल नेटद्वारा उपलब्ध यी फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताले असिमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्ने जनाइएको छ । यी स्थानहरुमा प्रयोगकर्ताले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij