मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कमला श्रेष्ठ: दुवै हात र एउटा खुट्टा गुमाएकी समचारवाचिका सक्दो शेयर गर्नुहोला

  • प्रकाशित मिति : शनिबार, पुस २१, २०७५



  • डल्लु विजेश्वरीमा बस्ने कमला श्रेष्ठले १२ वर्षकी हुँदा घरमै खेल्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएकी थिइन् । २ दशकअघिको उक्त घटनाले उनको जीवनलाई नै उथलपुथल गरिदियो । पढ्न–लेख्न माहिर श्रेष्ठले त्यसपछि विद्यालयको अनुहार देख्न पाइनन् । उनी २ महिनासम्म कोमामा रहिन् । पछि उनको उपचार घरमै गर्न थालियो । हातखुट्टा नभएकाले उनी बाहिर निस्कने–खेल्ने कुरै भएन । यद्यपि उनमा पढ्ने तृष्णा भने पर्याप्त थियो । त्यसैले उनी सेल्फ स्टडी गर्न थालिन् ।

    घरमा सबैले प्रोत्साहित गर्न थालेपछि आफैले केही गर्न सक्छु भनीे घरमै अंग्रेजी भाषा सिकेर आरजेको प्रशिक्षण लिइन् । शारीरिक रूपमा अशक्त भए पनि उनमा कामप्रति ठूलो लगाव थियो । त्यसै क्रममा उनलाई अस्ट्रेलियाको रोटरी क्लबले सहयोगस्वरूप प्लास्टिकका कृत्रिम हातखुट्टा बनाइदियो । त्यसपछि उनी वर्षाैंसम्म घरको कुनामा थन्किएर घरमै सिकेको कुरा बाहिर ल्याउन सक्ने भइन् ।

    कमला आफूलाई करेन्ट लाग्नुअघिसम्म स्कुलका स्टेजहरूमा नियमितजसो गीत गाउँथिन् । उनमा रहेको गायन प्रतिभा पनि घरभित्रै सीमित थियो । त्यसैले कृत्रिम हातखुट्टाको सहयोग मिलेपछि उनले संगीतको कक्षा लिन थालिन् । श्रेष्ठले कमलो सपना शीर्षकमा दुर्गालाल श्रेष्ठको रचना एवं न्ह्यु बज्राचार्यको संगीतमा एउटा एल्बम पनि सार्वजनिक गरिसकेकी छिन् । त्यसै क्रममा उनले क्यापिटल एफएममा अपाङ्गसम्बन्धी कार्यक्रम चलाउन थालिन् ।

    रेडियो रियाजमा काम गर्दागर्दै उनले हिमालयन टेलिभिजनमा समाचारवाचिकाका रूपमा काम गर्ने अवसर प्राप्त गरिन् । उनी अहिले पनि उक्त च्यानलमा समाचारवाचिकाका रूपमा व्यस्त छिन् । कमला अहिले इन्डिपेन्डेन लिडिङ सेन्टरमा आबद्ध छिन् । आफूजस्ता अपाङ्गहरूलाई समाज तथा परिवारले साथ एवं हौसला दिएर अघि बढ्न दियो भने केही गरेर देखाउन सकिने उनको अनुभव छ । कमला आफ्ना कृत्रिम हातखुट्टा लगाएर बाहिर जान्छिन् भने घर पुग्नासाथ फुकाल्छिन् । दुर्घटनामा हातखुट्टा गुमाए पनि आफू कहिल्यै विचलित नभएको उनले बताइन् । असक्षम एवं अपाङ्ग छु, अब केही गर्न सक्दिन भन्ने भावना हटाउन सकियो भने सक्षम व्यक्तिहरुसँग काँधमा काँध मिलाएर हिँड्न सकिन्छ , कमला भन्छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij