मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी ११ कुराहरुबाट तपाइँले थाहा पाउनुहुनेछ को हो तपाइँको वास्तविक ‘बेस्ट फ्रेण्ड’

  • प्रकाशित मिति : शनिबार, पुस २१, २०७५



  • एजेन्सी । के तपाइँलाई थाहा छ तपाइँका साथीहरुमध्ये तपाइँको ‘बेस्ट फ्रेण्ड’ को हो ? हामीले जीवनभरमा धेरै साथीहरु बनाउँछौं र उनीहरुको साथ सहयात्रामा जिन्दगी बिताउँछौं। तर हामीलाई ती साथीहरुमध्ये बेस्ट फ्रेण्ड को हो भन्ने चिन्न मुस्किल पर्छ। हामी तपाइँलाई यस्ता ११ कुराहरु बताउँदैछौं जसको जानकारीपछि तपाइँले आफ्नो बेस्ट फ्रेण्ड चिन्न सक्नुहुनेछ।

    १. यी साथी हाम्रो जीवनमा स्थायी हुन्छन् । यी साथी सधैं हाम्रो नजिक हुन्छन् अन्य साथीहरु आउनेजाने भइरहन्छन् ।
    २. बेस्ट फ्रेण्डले जब हामी दुःखी हुन्छौं त्यतिबेला हामीलाई खुसी अनुभूति गराउन खोज्छ । यसका लागि उसले कुराको प्रसंग नै फेर्न सक्छन् ।
    ३. ऊ तपाइँको अर्थ न बर्थका कुराहरु पनि सहजै पचाउन सक्छ र तपाइँका उट्पटाङ कुराहरुका बीच पनि आफूलाई सहज राख्छ ।
    ४. ऊसँग तपाइँसँग सम्बन्धित हरेक कुराको चाबी हुन्छ । तपाइँको घरको चाबी वा तपाइँको सामाजिक संजाल एकाउण्टको पासवर्डसमेत ऊसँग हुन सक्छ ।
    ५. तपाइँ ऊमाथि हरेक समय निर्भर रहनुहुन्छ । सानो सानो कुरामा उसको सहयोग र सल्लाह तपाइँलाई चाहिन्छ ।

    ६. तपाइँ ऊसँग आफ्नो जीवनमा घटेका सबै घटनाहरु शेयर गर्नुहुन्छ ।
    ७. तपाइँ ऊसँग ती सबै कुरा शेयर गर्नुहुन्छ जो तपाइँ बिहेका बेला गर्न चाहनुहुन्छ ।
    ८. उसलाई तपाइँको जीवनका सबै गोप्य कुराहरु थाहा हुन्छ ।
    ९. तपाइँ त्यो साथीसँग आफू राम्रो देखिँदा पनि भद्दा देखिँदा पनि सबै अवस्थामा सहज महसुस गर्नुहुन्छ ।
    १०. ऊसँग तपाइँ ती काम वा कुराहरुसमेत गर्न सक्नुहुन्छ जुन तपाइँ एक्लै हुँदासमेत गर्नुहुन्न ।
    ११. त्यो साथी तपाइँको हरेक कुरामा पहिलो प्राथमिकतामा पर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij